पथरीशनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नं ४ वडा कार्यालयलले मंगलबार वडाभित्र रहेका ४ वटा सामुदायीक विद्यालयका साना कक्षाका विद्यार्थीलाई स्वेटर वितरण कार्यक्रम अघि सारेको छ । दिनदिनै चिसो बढिरहेको बेला वडामा रहेको सरस्वती आधारभूत विद्यालयका ५० जना र सिद्धार्थ आधारभूत विद्यालयका ३० जना नर्सरी, एल के.जी, यु के.जी र १ कक्षाका विद्यार्थीहरुलाई वितरण गरेको हो। यसैगरी भोली (बुधबार) जनकल्यण आधारभूत विद्यालयका ४० जना र भागीरथ माविका ३० वितरण गर्ने कार्यक्रम रहेको वडाले जानकारी दिएको छ।
वडाध्यक्ष गोविन्द बहादुर भण्डारीको अगुवाईमा वडा समिति तथा कर्मचारीहरुले अंग्रेजीमाध्यममा पठनपाठन गर्ने विद्यार्थीलाई स्वेटर वितरण गरेको हो । वडाले सो शिर्षकमा ५० हजार वजेट विनियोजन गरेको छ । वितरण कार्यक्रमा वडाअध्यक्ष गोविन्द बहादुर भण्डारी, सदस्य खड्ग सुस्लिङ मगर, तुलसादेवी दर्जी, वडासचिव ललिता देवी लावती, विद्यालय व्यवस्थापन समिति सदस्य, शिक्षक र पत्रकार तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो।