आर्थिक वर्षमा एक नम्बर प्रदेशलाई सडक बालबालिकामुक्त प्रदेश बनाउने घोषणा, धरान र दमकबाट ४५ जना सडक बालबालिकाको उद्दार - Pahilo Online

आर्थिक वर्षमा एक नम्बर प्रदेशलाई सडक बालबालिकामुक्त प्रदेश बनाउने घोषणा, धरान र दमकबाट ४५ जना सडक बालबालिकाको उद्दार

writer

मोरङ । आर्थिक वर्षमा एक नम्बर प्रदेशलाई सडक बालबालिकामुक्त प्रदेश बनाउने घोषणा अनुसार रात्रिकालीन समयमा सडक बालबालिका उद्दारको काम तीब्र बनाइएको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरे आफैँ पुगेर ४५ जना सडक बालबालिकाको उद्दार गरेका छन् । शुक्रबार र शनिबार राति घिमिरे आफैँ पुगेर बालबालिकाको उद्दार गरेका हुन् ।

शुक्रबार राति मन्त्रीसहितको टोली धरानस्थित सडक बालबालिका आश्रित भएको स्थान पुग्दा बालबालिकाहरू सुत्ने तयारी गर्दै थिए । चिसोमा कठ्याँग्रिएर बसेका १४ बालबालिकासहित ३० जनाको उद्दार गरी सेफ हाउस लगिएको थियो । धरानबाट उद्दार गरिएकाहरुलाई भ्वाइस अफ चिल्डेन पुनस्थापन गृहमा राखिएको छ । मन्त्री घिमिरे धरान पुग्दा संघीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ पनि सडक बालबालिकाको उद्दारका लागि धरान पुगेका थिए ।

शुक्रबार राति धरानबाट उद्दार गरिएपछि शनिबार दमकबाट १५ सडक बालबालिकाको उद्दार गरिएको सामाजिक विकासमन्त्री जीवन घिमिरले बताए । मध्यरातमा सडक पेटीमा कष्टकर रूपमा रात कटाइरहेकाहरूलाई उद्दार गरी सेफ हाउसमा राखिएको सामाजिक विकासमन्त्री घिमिरेका सहयोगी राम पोखरेलले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes