मोटरसाईकल र इन्जिन सहित चोरीमा संलग्न २ जना ईलाका प्रहरी कार्यलय बेलबारीद्वारा पक्राउ - Pahilo Online

मोटरसाईकल र इन्जिन सहित चोरीमा संलग्न २ जना ईलाका प्रहरी कार्यलय बेलबारीद्वारा पक्राउ

writer

बेलबारी । ईलाका प्रहरी कार्यलय बेलबारीले मोरङका बिभिन्न स्थानबाट बिभिन्न समयमा हराएका ८ थान मोटरसाईकल सहित चोरीमा संलग्न दुईजनालाई पक्राउ गरी सार्बजनिक गरेको छ । आईतबार ईलाका प्रहरी कार्यलय बेलबारीमा आयोजित जिल्ला प्रहरी कार्यलय मोरङ र ईलाका प्रहरी कार्यलय बेलबारीको संयुत्त पत्रकार सम्मेलनमा मोरङका प्रहरी उपरिक्षक बिश्व अधिकारीले सुन्दरहरैचा ६ का दिपेन्द्र राइको नाममा रहेको को १४ प ८४४९ नम्बरको स्कुटर सुन्दरहरैचा १ गोठगाँउका सन्तोष खत्रीको साथबाट फेला पारिएको र निजकै सुचनाका आधारमा बिभिन्न स्थानबाट को ३ प २२१७ नम्बरक मोटरसाईकल,पार्टपुर्जा र खोलिएको मोटरसाईकलको ईन्जिन १ थान समेत गरी ४ थान मोटरसाईकल बरामद भएको जानकारी दिए ।

यसैगरी मोटरसाईकल चोरीमा संलग्न सुन्दरहरैचा ७ का निश्चल श्रेष्ठ र रोजिश राईलाई समेत पक्राउ गरी सार्बजनिक गरिएको छ । सुन्दरहरैचा ५ बाँसबारीस्थित संगम गुरुङको घरबाट मंसिर २१ गते राति चोरी भएको को ३५ प २२७३ नम्बरको २ सय सिसिको पल्सर मोटरसाईकल चोरीमा संलग्न दुईजनालाई पक्राउ गरी अनुसन्धान भईरहेको अधिकारीले जानकारी दिए ।

प्रहरीले ११ सयवटा बिषयमा नागरिकलाई सुरक्षा प्रदान गरिरहेको र तयसलाई ४ भागमा बिभाजन गरी सामुदायिक सुरक्षा,अपराध अनुसन्धान,आवागमन सुरक्षा र नागरिक अब्यबस्थाका बिषयमा प्रहरीले सुरक्षा प्रदान गरिरहेको समेत अधिकारीले बताए ।

पत्रकार सम्मेलनमा बिभिन्न समयमा हराएका १३ वटा मोबाईल समेत मोबाईलधनीलाई बुझाईएको छ । बिभिन्न ठाँउबाट हराएका र ईलाका प्रहरी कार्यलय बेलबारीमा खोजिदिन उजुरी आएका मोबाईलहरु खोजी गरी मोबाईल धनीलाई बुझाईएको ईलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक गुणराज बुढाथोकीले बताए । उनका अनुसार यसअघि पहिलो पटक ९ वटा र दोस्रोपटक १२ वटा मोबाईल खोजी गरी मोबाईलधनीलाई बुझाईसकिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes