पथरी शनिश्चरे । सुकुम्वासी र अव्यावस्थीत वसोवासको समस्या तत्काल समाधान नभए चरण वद्ध आन्दोलन गर्ने सुकुम्वासीहरुले घोषणा गरेका छन् । तत्काल समस्या समाधान गर्नु पर्ने उनीहरुले माग गरेका छन् ।मोरङ्गको पथरीमा आयोजित भेलामा सुकुम्वासी अगुवाहरुले राज्यले वर्षै देखी सुकुम्वासीलाई दमन गरेकोले आन्दोलनको विकल्प नभएको उनीहरुले वताएका छन् । उनीहरुले यसै हप्ता देखी ज्ञापन पत्र वुझाउने देखि रिले अनासन सम्म गर्न लगायतका आन्दोलन गर्ने वताएका हुन ।
सो भेलालाई सुकुम्वासी नेताहरु जहरमान लिम्वु, मौसम लिम्वु लगायतले वोलेका थिए । सोहि भेलाले मौशम लिम्वुको अध्यक्षतामा सुकुम्वासी तथा अव्यावस्थीत वसोवास संर्घष समिती पुर्नगठन गरिएको छ । समितीको उपाध्यक्षमा सुरेश चन्द्र मण्डल,सचिव कुवेर चन्द्र घतानी,सहसचिव खड्ग आङदेम्वे कोषाध्यक्ष चन्द्रकला खडका र सदस्यहरुमा मिना सेन्चु्री,कालिराम लिम्वु,शम्शेर राई,चन्द्रवहादृ्र गजमेर,डम्वर वहादुर तुम्वाफो,अम्वर वहादुर लिम्वु,ज्ञानेन्द्र राई र पुर्ण वहादुर लिम्वु रहेका छन् ।