झापा गाउँपालिका अध्यक्ष कप भलिबलको उपाधि दमकलाई - Pahilo Online

झापा गाउँपालिका अध्यक्ष कप भलिबलको उपाधि दमकलाई

writer

दमक । झापा गाउँपालिका अध्यक्ष कप भलिबल कपको उपाधि दमक नगरपालिकाले हात पारेको छ। अन्तिम प्रतिष्पर्धामा दमकले बिर्तामोडलाई हराउदै उपाधि जितेको हो। दमकले अध्यक्ष कपको उपाधिसँगै नगद १ लाख १ हजार ११ रुपैयाँ हात पारेको छ।

फाइनल खेलमा दमकले बिर्तामोडलाई १२–२५,१२–२५ र २२–२५ ले हराउँदै उपाधि हात पारेको हो। दोस्रो भएको बिर्तामोडले नगद ७१ हजार १ सय ११ रुपैयाँ शिल्ड र ट्रफी हात पारेको छ। प्रतियोगितामा तेस्रो बनेको संखुवासभाको सभापोखरी गाउँपालिकाले नगद २१ हजार १ सय ११ रुपैयाँ पाउँदा चौथो भएको आयोजक झापा गाउँपालिकाले १० हजार १११ रुपैयाँ पाएको थियो। विजयी हुने सबै टिम तथा खेलाडीलाई झापा गाउँपालिकाका अध्यक्ष जय नारायण शाह, उपाध्यक्ष कुन्तीदेवी बुडाथोकी, वडानम्बर ६ का वडाध्यक्ष हरिबहादुर बानियाँ, ७ का वडाध्यक्ष नेत्रप्रसाद उप्रेती, आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्ली सचिव प्रेम प्रसाई लगायातले नगद तथा पुरस्कार प्रदान गरे।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी दमकका प्रकाश लिम्बू भए। उनले नगद १० हजार रुपैयाँ पाए। प्रतियोगिताको उत्कृष्ट लिफ्टर दमकका मुस्कान लिम्बू, उत्कृष्ट सरभर टेम्के मयुंङ भोजपुरका सरोज राई, सर्वोकृष्ट डिफेन्स आयोजक झापा गाउँपालिकाका गणेश कटुवाल, ब्लकर रोहित शिवाकोटी झापा गाउँपालिका, उदयमान खेलाडी बिर्तामोडका विज्ञान डाँगी र बेष्ट स्पाइकर सभापोखरी संखुवासभाका प्रदिप कट्टेल भए भने उनीहरूले जनही नगद ५ हजार रुपैयाँ पुरस्कार पाए। फाइनल खेलअघि झापा गाउँपालिका र कमल गाउँपालिकाको महिला टिमबीच मैत्रीपूर्ण भलिबल खेल भएको थियो। जसमा कमल गाउँपालिका विजयी भएको थियो। सोही कार्यक्रमका बीच स्थानीय शरणामतीको खेल मैदानमा भलिबल खेलेर राष्ट्रिय प्रतियोगितासम्म खेल्न सफल दुईजना खेलाडी राजेन्द्र श्रेष्ठ र मदनकुमार बस्नेतलाई सम्मान गरियो। जनतामाविको खेल मैदानमा पुस १४ गतेदेखि सञ्चालित प्रतियोगितामा झापासहित प्रदेश १ का २२ टिमको सहभागिता रहेको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes