विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई जग्गा खाली गर्न अल्टिमेटम दिएपछि सुकुम्बासीहरू आन्दोलित - Pahilo Online

विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई जग्गा खाली गर्न अल्टिमेटम दिएपछि सुकुम्बासीहरू आन्दोलित

writer

 

विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजनिक जग्गामा बसोबास गर्दै आएका सुकुम्बासीलाई जग्गा खाली गर्न अल्टिमेटम दिएपछि सुकुम्बासीहरू आन्दोलित भएका छन् । ३५ दिने सूचना निकालेर महानगरपालिकाले सुनसरी–मोरङ सिचाइ आयोजनाको नहर र अन्य स्थानको सार्वजनिक जग्गामा संरचना बनाएर बसिरहेकाहरूलाई जग्गा खाली गराउन सूचना निकालेको थियो । महानगरले २७ पुसमा विराटनगर–१ भट्टा चोकमा रहेका ८ वटा घर भत्काउने तयारी गरेको थियो ।

महानगरले सूचना निकालेपछि आन्दोलित बनेका सुकुम्बासीहरूले बिहीबार विराटनगरमा नाराबाजी गरेका छन् । मेयर भीम पराजुलीसहितका जनप्रतिनिधिले सुकुम्बासीलाई घरबारविहीन बनाउन खोजेको दाबी गर्दै सुकुम्बासीहरूले विराटनगर महानगरपालिका कार्यालय अगाडि धर्ना दिएका थिए ।

 

धर्नापछि प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै उनीहरूले विकल्प नदिएसम्म बसोबास गरेको स्थान नछोड्ने बताए । नेपाल भूमिहीन सुकुम्बासी संगठन विराटनगर महानगरकमिटिका अध्यक्ष बुद्धिमान लिम्बूले विराटनगरले जारी गरेको सूचना फिर्ता लिन माग गरे ।

दीर्घकालीन समस्या सामधानको योजना बनाउनुपर्ने बताउँदै उनले सुकुम्बासीलाई जग्गा खाली गर्नुअघि पूनर्बासको व्यवस्थापन गर्नुपर्ने बताए । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले सुकुम्बासी संगठनको मागलाई विराटनगर महानगरपालिकाको बोर्ड बैठकमा पेश गर्ने बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes