पथरीशनिश्चरेको पर्यटन प्रवद्र्धनका लागि मेचीमहाकाली मोटरसाइकल यात्रा - Pahilo Online

पथरीशनिश्चरेको पर्यटन प्रवद्र्धनका लागि मेचीमहाकाली मोटरसाइकल यात्रा

writer

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेका २ जना सामाजिक व्यक्तित्वहरुले भ्रमण वर्ष २०२० को सफलतामा टेवा पुर्याउन मेची महाकाली मोटरसाइकल यात्रा थालेका छन् ।

आफ्नो नगरको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै भ्रमण वर्षको प्रवद्र्धनमा टेवा पुर्याउने उद्धेश्यकका साथ पथरीशनिश्चरे ९ का ५३ वर्षीय मदनबहादुर अधिकारी र ३९ वर्षीय सुरेन्द्र थापाले आजबाट मेचीमहाकाली मोटरसाइकल यात्रा थालेका हुन् । उनीहरुलाई संविधानसभा सदस्य चण्डीप्रसाद राई, नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहितले नगरपालिका कार्यालयबाट शुभकामना सहित विदाई गरे ।

सो अवसरमा नगर उपप्रमुख वास्तोलाले अधिकारी र थापाले थालेको यात्राले पथरीशनिश्चरे नगरको पर्यटन प्रवद्र्धन सहित मुलुककै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास राख्दै खुसी व्यक्त गरीन्। पथरीशनिश्चरे नगरपालिका कार्यालय, वडा नम्वर १, ४ र ९, सामुुदायिक वन सहितको केही आर्थिक सहयोगमा यात्रा तय भएको छ ।

उजीहरुलाई नगरको विदाई अघि ९ नम्वर वडा कार्यालयले समेत विदाई गरेको छ । सामाजिक गतिविधिमा सक्रिय अधिकारी र थापाले नगरको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन एउटै मोटरसाइकलमा यात्रा थालेको बताए । यात्रामा पर्यटकीय ठाउँहरुको अवलोकन गर्दै त्यहाँको फोटो र भिडियो संकलन गरेर अन्यत्रको पर्यटनको सम्भावनाको अनुभवनलाई आफ्नो नगरका ल्याएर जोड्ने उनीहरुको लक्ष्य रहेको छ ।

व्यक्तिको योगदानबाट राष्ट्को योगदान मजबुत हुने सोचका साथ उनीहरु पथरीशनिश्चरेबाट मेचीतर्फको यात्रामा प्रस्थान गरेका छन् । आज उनीहरु सुनसरी पुगेर वास वस्ने कार्यक्रम रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes