प्रदेश एकमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य सहित पर्यटन बर्ष शुभारम्भ - Pahilo Online

प्रदेश एकमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य सहित पर्यटन बर्ष शुभारम्भ

writer

विराटनगर । प्रदेश १ सरकारले नेपाल पर्यटन वर्ष २०२० को शुभारम्भ गरेको छ । अंग्रेजी नयाँ वर्षको पहिलो दिन बुधबार प्रदेश सरकारले भ्रमण वर्षको शुभारम्भ गरेको हो । विराटनगरको शहीद रंगशालामा हेलिकप्टरबाट पुष्पवृष्टिसहित सुरु भएको पर्यटन वर्षको शुभारम्भ हेर्न रंगशालाको प्याराफिड भरिएको थियो । भ्रमण वर्षमा विभिन्न जातजातीका झाकीहरू प्रस्तुत गरिएको थियो । भ्रमण वर्षको शुभारम्भ गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘भिजिट नेपाल २०२०’ मा पाँच लाख पर्यटकलाई एक नम्बर प्रदेश भ्रमण गराउने लक्ष्य राखिएको बताए ।

भ्रमण वर्षमा नेपाल सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ । प्रदेश सरकारले पाँच लाखलाई प्रदेश १ का पर्यटकीय गन्तव्यसम्म ल्याउने लक्ष्य राखेको छ । प्रदेश सरकारले आगामी पाँच वर्ष्भित्र प्रदेशको ग्राहस्त उत्पादनमा पर्यटन क्षेत्रको योगदान पाँच प्रतिशत बनाउने लक्ष्य राखेको छ । प्रदेश १ को कुल ग्राहस्त उत्पादनमा पर्यटन क्षेत्रको १.९६ प्रतिशत योगदान छ ।

पर्यटन वर्षमा आधार तयार हुने बताउँदै मुख्यमन्त्री राईले आगामी पाँच वर्ष्भित्र पाँच प्रतिशत पुग्ने बताए । पर्यटन क्षेत्रमा हाल ३२ हजारले रोजगार छन् । आगामीपाँच वर्ष्भित्र भने तीन गुणाले वृद्धि हुने उनको भनाइ छ । विविधताले भरिपूर्ण प्रदेश एकमा प्रशस्त सम्भावना रहेको बताउँदै उनले नेपालको होचो स्थान केचना कवलदेखि विश्वको अग्लो स्थान सगरमाथासहित पर्यटकीय क्षेत्रको अवलोकन प्रदेशबाट हुने बताए ।

प्रदेश १ मा धार्मिक पर्यटकीय क्षेत्रहरू बराहक्षेत्र, हलेसी, पाथिभरा, भेडेटार, नाम्जे, सन्दकपुर, श्रीअन्तु, तीनजुरे मिल्के जलजले, कन्याम, सभापोखरी, नाम्चे–दूधकुण्ड, सिलिचुंग साल्पा पोखरीलगायत स्थानसम्म पर्यटकहरूलाई आकर्षित गर्न योजना बनाइरहेको उनले बताए । पर्यटन वर्षको प्रचारका लागि एक नम्बर प्रदेश सरकरले मे महिनामा सगरमाथा समिटर्स समिट आयोजना गर्न लागिएको मुख्यमन्त्री राईले बताए । सगरमाथा दिवसको अवसर पारेर सगरमाथा आरोहरण गरेका राष्ट्रिय–अन्तर्रा्ष्ट्रिय पर्वतारोहीहरू सम्मिलित समिट आयोजना गर्न लागिएको मुख्यमन्त्री राईले बताए । सम्मेलनको माध्यमबाट पर्यटन प्रचारप्रसारमा योगदान पुग्ने उनको भनाइ छ ।

कार्यक्रममा उपस्थित भएका भारतीय ग्रामिण पर्यटनविज्ञ राज बासुले प्रदेश १ का पर्यटकीय क्षेत्र ग्रमिण पर्यटनको पहिलो गन्तब्य बन्न सक्ने बताएका छन् । नेपाल र भारतका ग्रामिण पर्यटन क्षेत्रलाई जोडेर प्यकेज बनाउन सके पर्यटक भित्र्याउन सहज हुने उनको भनाइ छ । विराटनगरमा आखाँको उपचारका लागि भन्दै भारतबाट ठूलो संख्यामा पर्यटकहरू आउँछन् । उपचारका लागि आउने पर्यटकहरूमार्फत भारतका प्रदेशहरूमा भ्रमण वर्षको प्रचारप्रसार गर्नपर्ने उनको भनाइ थियो । इन्डो नेपाल ग्रामिण टुरिजम विकास गर्न सके दक्षिण एसियाको पहिलो गन्तव्य बन्न सक्ने उनको भनाइ थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes