शनिश्चरे बजारमा पहिलो जिम हाउस एण्ड फिट्नेस क्लव उद्घाटन - Pahilo Online

शनिश्चरे बजारमा पहिलो जिम हाउस एण्ड फिट्नेस क्लव उद्घाटन

writer

अर्पना केशी
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे ९ मा द पावर जिम हाउस एण्ड फिट्नेस क्लवकले शनिश्चरे बजारमा पहिलो पटक बुधबार अङग्रेजी नयाँ वर्ष २०२० को अवसरमा आफनो सेवा उद्घाटन गरेको छ ।

शसस्त्र वेश क्याम्प अगाडी रेडक्रस लाईन उत्तरपट्टी करिव ४० लाखको लगानीमा द पावर जिम हाउस एण्ड फिट्नेस क्लवले सेवा उद्घाटन गरेको संचालक तथा प्रशिक्षक लोक तामाङले बताए। उनले शरीरको मांसपेशी ठूलो बनाउने काम मात्र नभएर मानिसको शरीर फिट र तन्दुरुस्त रहनका लागि पनि जिममा विभिन्न एक्सरसाइज गर्नु पर्ने बताएका छन् ।

संचालक तामाङले जिम जुन सुकै उमेरका मानिसले आफूलाई फिट र स्वस्थ राख्न जिमको आवश्यकता पर्ने बताएकाछन् । उनले विहानको ४ बजे बाट ९.३० र दिउसो २ देखि बेलुका ८ बजे सम्म २ सिप्ठमा प्रशिक्षण दिने बताएका हुन् । हप्ताको ६ दिन सेवा प्रदान गरी सनिबार बन्द रहने जानकारी दिएकाछन् । सेवा लिने मानिसका लागी प्रवेश शुल्क ५ सय,१ महिनाको १ हजार,२ महिनामा २ हजार,३ महिनामा २ हजार ५ सय,६ महिनाको ५ हजार र १ वर्षको ९ हजार शुल्क निर्धारण गरिएको बताएकाछन् ।

कार्यक्रममा वडा नं ४ का अध्यक्ष गोविन्द बहादुर भण्डारी र ९ का अध्यक्ष भानु भतm राईले रिवन काटेर उद्घाटन गरेका थिए । अध्यक्ष भण्डारीले जिम भन्नेबित्तिकै धेरैले तौल उचाल्ने र शरीरका विभिन्न भागको मसल फुलाउने काम भनेर बुझ्ने गरेको बताएका छन् । तर मानिस स्वस्थ रहनका लागि जिम गर्नु पर्ने आवश्यक रहेको बताएका छन् । शनिश्चरे बजारमा पहिलो पटक यो सेवा संचालन गरेकोमा संचालक तामाङलाई शुभकामना समेत दिएकाछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes