कानेपोखरीमा बुधबार मेलमिलाप कार्यक्रममा कांग्रेस नेता शेखर कोइराला आउने - Pahilo Online

कानेपोखरीमा बुधबार मेलमिलाप कार्यक्रममा कांग्रेस नेता शेखर कोइराला आउने

writer

कानेपोखरी । नेपाली कांग्रेस कानेपोखरी गाउपालिका कार्य समितीको आयोजनामा नेपाली कांग्रेसले पौष १६ गतेका दिन महत्वका साथ मनाउदै आएको राष्ट्रिय मेलमिलाप दिवशको अवसरमा कानेपोखरी गाउपालिकामा एक कार्यक्रमको आयोजना गरिएको छ। नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने भएको हो।

कानेपोखरी गाउपालिका वार्ड नं ४ बयरवन बजारमा पौष १६ गते बुधबारका दिन दिनको ठिक १० बजे तत्कालीन होक्लाबारी, केरौन र बयरबनका कियाशिल सदस्य तथा प्रजातन्त्रवादी सदस्यहरुको मेलमिलापको उदेश्य सहित कार्यक्रमको आयोजना गर्न लागिएको नेपाली कांग्रेस गाउँ कार्य समितीका सभापती योगेन्द्र प्रसाद दाहालले बताए।कार्यक्रमको अवसरमा विभिन्न राजनैतिक दल परित्याग गरि नेपाली कांग्रेस प्रवेशको कार्यक्रम समेत राखिएको सभापति दाहालको भनाई छ।

नेपाली कांग्रेसका तत्कालीन सभापति विपि कोइरालाले आफु विरुद्ध फासि सम्मको सजाय हुन सक्ने सगीन मुद्धाहरु नेपाली अदालतमा रहदारहदै वि.सं. २०३३ साल पौष १६ गतेका दिन प्रवास बाट स्वदेश फर्कने ऐतिहासिक निर्णय भएको स्मरण गर्दै प्रत्येक बर्षको पौष १६ गते नेपाली काङ्ग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउने गरेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes