लागुऔषध ब्राउन सुगर सहित झापाबाट १ जना पक्राउ - Pahilo Online

लागुऔषध ब्राउन सुगर सहित झापाबाट १ जना पक्राउ

writer

झापा । झापाको बिर्तामोड नगरपालिका ६ का २४ बर्षीय रुपेश बिश्वकर्मालाई ११३ ग्राम ९० मिलिग्राम नियन्त्रीत लागु औषध ब्राउनसुगर सहित पक्राउ गरिएको छ । झापाको रत्न सुपरमार्केटमा लागुऔषध ब्राउनसुगरको कारोवार भईरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिश्वकर्मालाई पक्राउ गरेको हो ।

बिश्वकर्माको साथबाट प्रहरीले १ ग्राम ६६० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो । निजको साथबाट लागुऔषध बरामद भएसंगै निज सुत्ने कोठामा समेत गई खानतलासी गर्दा निजको कोठामा रहेको क्बmकगलन उयधभच दबलप भित्र लुकाई छिपाई राखिएको ११२ ग्राम ४३० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । ठुलो परिणामको लागुऔषध सहित पक्राउ परेका बिश्वकर्माको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes