तेह्रथुममा घर बनाउने क्रममा लडेर १ जनाको मृत्यु - Pahilo Online

तेह्रथुममा घर बनाउने क्रममा लडेर १ जनाको मृत्यु

writer

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका १ का ७२ बर्षीय नर बहादुर लिम्बुको घर बनाउने क्रममा घरको १ तला माथीबाट लडेर मृत्यु भएको छ । सोमवार बिहान ८ बजे आफ्नै घर बनाउने क्रममा घरको १ तलामाथीबाट लडेर घाईते भएका लिम्बुलाई उपचारको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएको थियो । लिम्बुको उपचारमा संग्लग्न चिकित्सकले निजको उपचार हुन असम्भव रहेको भनी जानकारी गराएसंगै लिम्बुलाई घर तर्फ लैजाने क्रममा बाटोमा नै राती साँढे १० बजे मृत्यु भएको थियो । मृतकको शव परिक्षणको लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ भने अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes