सिंहवाहिनीमा नयाँ व्यवस्थापन समितीको पूर्णता - Pahilo Online

सिंहवाहिनीमा नयाँ व्यवस्थापन समितीको पूर्णता

writer

पथरी शनिश्चरे । पथरीशनिश्चरे १० मा रहेको सिंहवाहिनी माध्यमिक विद्यालयको नयाँ व्यवस्थापन समितिले पुर्णता पाएको छ। समितीका निवर्तमान अध्यक्ष टंक प्रसाद भण्डारी दोश्रो कार्यकालका लागि पुनः सर्वसम्मत चयन भए सँगै विद्यालय व्यवस्थापन समितीले पुर्णता पाएको हो।

अध्यक्ष भण्डारीका साथै समितीको निर्वा्चित सदस्यहरुमा मिना राई, रत्न बहादुर पराजुली र यसोधा अधिकारी रहका छन्। त्यसै गरि समितीको सदस्यमा बालकुमारी शिवाकोटि र भुवन थापा मनोनित सदस्य रहेका छन् भने वडा नम्बर ९ का वडा अध्यक्ष भानुभक्त राई वडा प्रतिनिधिको रुपमा समितिको सदस्य र प्रधानाध्यापक जगतमणी गौतम सदस्य सचिव र शिक्षक प्रतिनिधिको रुपमा उपेन्द्र बस्नेत समितीको सदस्यमा चयन भएका छन्।

त्यसै गरि विद्यालयमा गत शनिबार अभिभावकहरुको आमभेलाले ११ सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन गरेको विद्यालयका प्रधानाध्यापक जगतमणी गौतमले जानकारी दिए। विद्यालयका अभिभावक लक्ष्मी प्रसाद फुयाँलको अध्यक्षतामा विद्यालयको शिक्षक अभिभावक संघ गठन भएको छ भने उक्त समितीको सदस्य सचिवमा विद्यालयको तर्फबाट शिक्षक अष्टमान राई रहका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes