मगर संघले विविध कार्यक्रमका साथ ५०१४ औँ नया वर्ष मनाउने - Pahilo Online

मगर संघले विविध कार्यक्रमका साथ ५०१४ औँ नया वर्ष मनाउने

writer

पथरीशनिश्चरे । नेपाल मगर संघ पथरीशनिश्चरेले माघ १ गते ५०१४ औं नयाँ वर्ष विविध कार्यक्रमका साथ मनाउने भएको छ । आइतबार मोरङ्गको पथरीमा पत्रकार सम्मेलन मार्फत माघ १ गते विभिन्न कार्यक्रम गरि नयाँ वर्ष मनाउने जानकारी आयोजकले गराएको छ । पत्रकार सम्मेलनमा वोल्दै नेपाल मगर संघ पथरीशनिश्चरे का अध्यक्ष टंक मगरले मगरको लोक उन्मुख संस्कार सँस्कृती वचाउन कार्यक्रम आयोजना गरिएको वताए । मगरका हुर्रा,कौडा र मारुनी नृत्यका साथै विभिन्न खेलकुद कार्यक्रमको आयोजना गरिएको मगरले जनाए ।

मगर समुदायको राष्ट्रिय पर्व भएकाले सो दिन पथरीशनिश्चरे नगर भित्रका मगर तथा गैर मगरको सो कार्यक्रममा सहभागिता रहने नगर सचिव खगेन पुलामी मगरले वताए । नयाँ पुस्तामा मगर भाषा र संस्कृतीको हस्तान्तरण गर्न कार्यक्रम आयोजना गरिएको हो । मगर युवा संघ पथरीशनिश्चरेका अध्यक्ष भुवन पिठाकोठे मगरका अनुसार सो कार्यक्रममा पुरुषतर्फ छेलो,हाडि फोड तथा महिलातर्फ माला दौड लागायतका अन्य प्रतियोगिता पनि हुनुका साथै स्थानिय कलाकारहरुको सांगितिक प्रस्तुति समेत रहने छ । यसै विच नेपाल सरकारले माघ १ गतेको विदा थारु जातीका लागी मात्र भएकोमा मगरहरुको पनि नयाँ वर्ष भएकाले सरकारले मगरको पनि सम्वोधन गर्नु पर्ने उनीहरुको माग थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes