बलात्कार आरोप लागेका कृष्णदासलाई तीन लाख धरौटीमा छोड्न अदालतको आदेश - Pahilo Online

बलात्कार आरोप लागेका कृष्णदासलाई तीन लाख धरौटीमा छोड्न अदालतको आदेश

writer

विराटनगर । अनुयायीमाथि बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छोड्ने आदेश दिएको छ । जिल्ला अदालत सुनसरीले सोमबार गिरीलाई तीन लाख धरौटीमा छोड्ने आदेश दिएको हो ।

न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश दिएको श्रेस्तेदार नगेन्द्रकेसरी पोखरेलले जानकारी दिएका छन् । ४ कात्तिकमा महिला अनुयायीमाथि करणी गरेको आरोपमा पक्राउ परेका उनीलाई थुनछेक बहसपछि अदालतले धरौटीमा छोड्न आदेश दिएको हो ।

बलात्कारको आरोप लागेपछि विराटनगरको मुनालपथस्थित विराटनर्सिङ होममा क्याबिनमा उपचारका लागि १२ मंसिर दिउँसो भर्ना भएका थिए । कृष्णदास १६ मंसिरमा पक्राउ परेका थिए । कृष्णदासलाई १६ मंसिर बिहान ५ बजे सुनसरी प्रहरीले पक्राउ गरेर पहिलो पटक अदालतबाट ४ दिनको म्याद थप गरिएको थियो ।

त्यसपछि २० मंसिरमा दोस्रो पटक ५ दिनको, २७ मंसिर तेस्रो पटक ७ दिनको, ३० मंसिरमा चौथो पटक ७ दिनको र ७ पुसमा पाँचौ पटक ३ दिनको बिहीबार अदालतमा मुद्दा पेस भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes