धनपालथानमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु - Pahilo Online

धनपालथानमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

writer

मोरङ । मोरङको धनपालथान गाउँपालिका ४ कर्सियामा आईतवार साँझ साँढे ६ बजे ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ जादै गरेको को ३८ प १७७ नम्बरको स्कुटरलाई बिपरीत दिशाबाट आउदै गरेको को १ त ७८४३ नम्बरको ट्याक्टरले ठक्कर दिंदा स्कुटर चालक दुहवी नगरपालिका ११ का १८ बर्षीय रुपेश चौधरी र पछाडी सवार रहेका १७ बर्षीय चन्द्र प्रकाश चौधरी घाईते भई उपचारको लागि कोशी अस्पताल बिराटनगर पठाईएकोमा स्कुटर चालकको उपचारकै क्रममा मृत्यु भएको हो । अर्का घाईतेको सोही अस्पतालमा उपचार भईरहेको छ भने ट्याक्टर प्रहरी चौकी कर्सियाको नियन्त्रणमा रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes