तेस्रो संस्करणको ‘सताक्षी गोल्ड कप’ फागुन १ गतेदेखी हुने - Pahilo Online

तेस्रो संस्करणको ‘सताक्षी गोल्ड कप’ फागुन १ गतेदेखी हुने

writer

झापा । झापाको झिलझिलेमा फागुन १ गतेदेखी तेस्रो संस्करणको सताक्षी गोल्ड कप हुने भएको छ । पूर्वको धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा शनिबार पत्रकार तथा बनभोज कार्यक्रमको आयोजना गरेर तेस्रो गोल्ड कप हुने जनाएको हो ।

सतासीधाम स्पोटिङ क्लब शिबसताक्षी झिलझिलेले शनिबार पर्यटकीय स्थल सताक्षीधाममा दोस्रो सताक्षी गोल्डकपको आय–व्यय सार्वजनिक तथा बनभोज कार्यक्रम गरेको छ । सोही अवसरमा एन्फाले सार्वजनिक गरेको गोल्ड कपको तालिका अनुृसार झिलझिलेमा तेस्रो संस्करणको गोल्ड कप हुने समेत जनाएको छ । क्लबका अध्यक्ष रमेश लावोतीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा ६६ लाख २५ हजार ९ सय १७ रुपैयाको आम्दानी भएको र ६६ लाख २५ हजार ९ सय १७ रुपैया खर्चकोा विबरण सार्वजनिक गरेको छ ।

गोल्ड कप आर्थिक संयोजक गणेश प्रधानले आय व्यय सार्वजनिक गर्दै ७ लाख १४ हजार ८ सय ४८ रुपैया खुद नाफा भएको र ७ लाख ५२ हजार ५ सय ९२ रुपैया उठ्न बाँकी रहेको विबरण प्रस्तुत गरेका थिए । २०७४ साल कार्तिक २८ गतेबाट दोस्रो संस्करणको गोल्ड कप सुरु भएर मसिर ४ गतेसम्म सञ्चालन भएको थियो । सो गोल्डकपको बिजेता बन्दै नेपाल आर्मीले नगद ५ लाख र उपबिजेता मनाङले नगद २ लाख ५० हजार हात पारेका थिए ।

त्यस्तैं, पहिलो गोल्ड कप २०७३ सालमा भएको थियो । सो क्रममा नेपाल पुलिस क्लबले नगद ३ लाख हात पार्दै गोल्ड कपको उपाधी कब्जा गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes