सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको थुलुङदुधकेशी र सोताङ गाउँपालिका जोड्ने दिप्लीघाटस्थित दूधकोशी नदीमा निर्माण हुने मोटरेवल पुलको शिलान्यास गरिएको छ। शनिबार एक कार्यक्रमका बीच उक्त पुलको शिलान्यास गरिएको हो।
सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई (शूरवीर), प्रदेश सांसद उत्तमकुमार बस्नेत, थुलुङदुधेकोशी गाउँपालिका अध्यक्ष असिम राई, सोताङ गाउँपालिका अध्यक्ष बीरबहादुर राई, नेचा सल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला समन्वय प्रमुख बीरकुमार राईले संयुक्त रुपमा शिलान्यास गरेका हुन्। हिन्दू परम्पराअनुसार पूजापाठ गरी शिलन्यास गरिएको थियो। ३ वर्ष्भित्र निर्माण सम्पन्न गर्नेगरी महादेब खिम्ती हिराचन जेभिले भ्याटसहित कुल १० करोड १८ लाख १९ हजार ७ सय २९ रुपैँया लागत निर्माणको जिम्मा पाएको छ।