किशोरीहरुलाई रगतको कमि हुनबाट जोगाउन आइरन र फोलिक एसिड वितरण गरिने - Pahilo Online

किशोरीहरुलाई रगतको कमि हुनबाट जोगाउन आइरन र फोलिक एसिड वितरण गरिने

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका किशोरीहरुलाई रगतको कमि हुनबाट जोगाउन निःशुल्क रुपमा आइरन र फोलिक एसिड वितरण गरिने भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले आज महिला स्वास्थ्य स्वयम्सेविका र सामुदायिक विद्यालयका शिक्षकसँग सो बारे अभिमुखीकरण कार्यक्रम राखेको छ । नगर प्रमुख दिलिपकुमार राईले किशोरीहरुको स्वास्थ्यमा ध्यान दिँदै यसखाले कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको बताए।

१० देखि १९ वर्ष उमेर समूहका दुवैखाले विद्यालयका किशोरीका लागि विद्यालयका विषय शिक्षकमार्फत र विद्यालय नगएका किशोरीका लागि महिला स्वास्थ्य स्वयमसेकिाहरुबाट आइरन चक्की र फोलिक एसिड खुवाइने छ । रगतको कमिबाट हुने रक्तअल्पता सहितका समस्याबाट बच्नका लागि माघ महिनादेखि अभियान सुरु हुने छ । जसमा प्रति हप्ता एउटा एउटाका दरले १३ हप्तासम्म निरन्तर आइरन र फोलिक एसिड खुवाइने छ । त्यसको १३ हप्ता रोकेर त्यसपछि पुनः १३ हप्ताका लागि उनीहरुकै लागि आइरन र फोलिक एसिड खुवाइने नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिए। अर्थात माघ, फागुन र चैतमा खुवाएपछि पुनः साउन, भदौ र असोजमा खुवाइने छ । सामुदायिक विद्यालयका ४ हजार तथा संस्थागतका पनि करीव ४ हजारको संख्या किशोरीहरुको रहेको उल्लेख छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes