ताप्लेजुङ र सुनसरीबाट पेस्तोल र बिष्फोटक पदार्थ सहित २ जना पक्राउ - Pahilo Online

ताप्लेजुङ र सुनसरीबाट पेस्तोल र बिष्फोटक पदार्थ सहित २ जना पक्राउ

writer

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका २ खोक्लिङका ३१ बर्षीय चन्द्र बहादुर बस्नेत १ थान कटुवा पेस्तोल र बिष्फोटक पदार्थ सहित पक्राउ परेका छन् । बस्नेतको घरमा हतियार तथा बिष्फोटक पदार्थ समेत रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले बस्नेतको घर खानतलासी गर्ने क्रममा १ थान कटुवा पेस्तोल, ईलेक्ट्रिक डेटोनेटर ७ थान, नन ईलेक्ट्रिक डेटोनेटर १७ थान, टाईम सेटिङ डिभाईस, रिमोट कन्ट्रोल सेट ३ थान, ब्याट्रि सेट २ थान , जिलेटिन ५४ थान, सेफ्टी फ्युज वायर साँढे ३ फिट तथा अन्य बिभिन्न प्रकारका दस्तावेजहरु समेत बरामद गरेको छ । हतियार तथा बिष्फोटक पदार्थ सहित पक्राउ परेका बस्नेतको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले बराह क्षेत्र एरियाबाट हतियार सहित १ महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा अजिरकोट काफल डाँडा बस्ने ४१ वर्षीया उमा भुजेल रहेकी छिन । उनलाई १ थान रिभल्बर र ५ राउण्ड गोली सहित पक्राउ गरिएको हो। स्कुटीमा सवार गरी आईरहेका दुई जना उपर चेकजाँच गर्दा मोटरसाईकल पछाडी सवार रहेकी उमाको साथबाट Made in USA लेखेको रिभल्वर १ थान, गोली ५ थान र मोबाईल ५ थान फेला पारी बरामद गरिएको हो । स्कुटी चालक जिल्ला झापा दमक बेलडाँगी बस्ने ३० वर्षीय सुमन सिंह पौडेल समेतलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes