पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजलाई - Pahilo Online

पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजलाई

विराटनगर टाइटन्स ३२ रनले पराजित

writer

पोखरा । पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ । समूह चरणका सबै खेल जित्दै फाइनलमा प्रवेश गरेको चितवनले फाइनलमा पनि विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै उपाधि जितेको हो । पारस खड्काको कप्तानीमा खेलेको चितवनले उपाधिसँगै नगद २७ लाख रुपैयाँ प्राप्त गरेको छ ।

उप विजेता भएको विराटनगर टाइटन्सले १० लाख रुपैयाँ पाएको छ । पोखरा मैदानमा शनिबार भएको फाइनलमा २०३ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ७ विकेटको नोक्सानीमा १७० रन मात्रै बनाउन सक्यो । विराटनगरका लागि मुहम्मद जैद आलमले सर्वाधिक ५७ तथा प्रदिप सिं ऐरीले ३६ रन बनाए । बलिङतर्फ चितवनका करण केसीले तीन, सन्नि पटेलले दुई र रोहन मुस्तफाले समान १ विकेट लिए । यसअघि चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाएको थियो । पोखरा मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा ठूलो लक्ष्य दिन सफल भएको थियो ।

पहिलो विकेटका लागि रोहन मुस्तफा र पारस खड्काले ३६ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा पारस २५ रन बनाएर आउट भएका थिए। ११ बल फेस गरेका पारसले ४ चौका र एक छक्का प्रहार गरेका थिए । पारसपछि क्रिजमा आएका बाबर हायात भने धेरै बेर क्रिजमा टिक्न सकेनन् । बाबर ६ रन बनाएर आउट हुँदा चितवनले ४५ रनमा २ विकेट गुमाउन पुग्यो । त्यसपछि अनिल शाहसँग रोहन मुस्तफाले ९५ रनको साझेदारी गर्दै चितवनको स्कोर १४० मा र्पुयाएका थिए ।

यसबीचमा तेस्रो विकेटको रुपमा साह आउट हुँदा उनले अर्धशतक बनाएका थिए । ३४ बलमा ३ छक्का र ३ चौकाको मद्दतले ५० रन बनाएका थिए । १४२ रन हुँदा चौथो विकेट गुमाउँदा रोहन मुस्तफा पनि व्यक्तिगत ५० रनमा आउट भएका थिए । १९ रन जोडेका आरिफ शेख पाँचौं विकेटको रुपमा आउट हुन पुगेका थिए । आरिफ शेखले ११ बलमा २ छक्का र १ चौका प्रहार गरेका थिए । त्यसपछि सन्नी पटेल र करण केसीले चितवनको इनिङ्स अघि बढाएका थिए ।

करणले पनि ८ बलमा २ छक्का र २ चौकाको मद्दतले २६ रन जोड्दा सन्नीले ८ बलमा २ चौकाको मद्दतले १६ रन बनाएका थिए। विराटनगरका लागि पुनित मेहरा र मोहम्मद जइद आलमले दुई दुई विकेट लिँदा किशोर महतोले एक विकेट हात पारेका थिए । (स्रोत–उज्यालो अनलाइन)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes