अपाङ्गता रोकथाम र पुनस्र्थापना कार्यक्रम सञ्चालनको सम्झौता - Pahilo Online

अपाङ्गता रोकथाम र पुनस्र्थापना कार्यक्रम सञ्चालनको सम्झौता

writer

पथरी शनिश्चरे । प्रदेश नम्वर १ को सामाजिक विकास मन्त्रालय, मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालय र करुणा फाउण्डेशनबीच अपाङ्गता रोकथाम र पुनस्र्थापनाको कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ ।

पथरी शनिश्चरे नगर क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुका लागि ०६९ पुस मसान्तसम्म सञ्चालन हुने ३ वर्षे कार्यक्रममा कुल लागत २ करोड ९५ लाख ३३ हजार रुपैयाँको रहेको छ । जसमा, पथरी शनिश्चरे नगरपालिकाले ७२ लाख २६ हजार ५ सय ८, प्रदेश सरकारको ७२ लाख २६ हजार ५ सय ८ र करुणा फाउण्डेशनको ६५ लाख २ सय ८३ रुपैयाँ रहने सम्झौतामा उल्लेख छ ।

पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्विकाप्रसाद धमला र करुणा फाउण्डेशनका वित्त तथा प्रशासन व्यवस्थापक दिनेश ढकालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको नगरको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले जानकारी दिए । नगर प्रमुख दिलिपकुमार राईको रोहबरमा सम्झौता आदानप्रदान भएको हो ।

सम्झौतामा, मातृशिशु स्वास्थ्य सेवा कार्यक्रमको उपभोगमा बृद्धि गरी आमा र शिशुको स्वास्थ्यमा सुधारका लागि पोषण कार्यक्रम, प्रसुती केन्द्रको सुदुढिकरण, विद्यालय स्वास्थ्य कार्यक्रम र अल्टसाउण्ड मेसिन वितरण कार्यक्रम गर्ने उल्लेख छ । त्यसैगरी, अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र तथ्यांक अद्यावधिक, स्वास्थ्य उपचार र सहायक सामग्री वितरण, समावेशी शिक्षा सञ्चालन, जिविकोपार्जन, सामाजिकिकरण र सशक्तिकरण गर्ने उल्लेख छ ।

स्थानीय सेवा प्रदायक संस्थाहरुको सवलिकरण अन्तर्गत योजना तर्जुमा, समीक्षा, समुदायमा आधारित सहजकर्ताको छनौट, तालिम सहितका कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes