झापामा श्रीमानको छुरा प्रहारबाट श्रीमतीको मृत्यु - Pahilo Online

झापामा श्रीमानको छुरा प्रहारबाट श्रीमतीको मृत्यु

writer

झापा । झापाको, शिवसताक्षी नगरपालिका ६ बस्ने ३९ बर्षीया फङके किस्कु मुर्मुको श्रीमानको छुरा प्रहारबाट मृत्यु भएको छ । भारतको डिगलबैक पञ्चायत घर भई झापाको शिवसताक्षी नगरपालिका ६ मा रहेको धानको काँटामा काम गरी सोही स्थानमा बस्दै आएका ४० बर्षीय शंकर भन्ने बुधराम मुर्मु र श्रीमती बिच बिहिवार राती ७ बजे घरायशी बिषयमा बादबिबाद भई तनाव पैदा हुँदा श्रीमानले एक्कासी छुरा प्रहार गर्दा श्रीमती गम्भीर घाईते भएकी थिईन् । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय शिवगंजबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र शिवगंज लगेकोमा उपचारको क्रममा राती साँढे ७ बजे मृत्यु भएको हो । श्रीमतीलाई छुरा प्रहार गरी हत्या गर्ने बुधरामलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes