झापामा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेपछि स्थानीय ढुक्क - Pahilo Online

झापामा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेपछि स्थानीय ढुक्क

writer

झापा । १ सरकारले भागुडुब्बामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेपछि स्थानीय ढुक्क भएका छन् । सुरक्षा व्यवस्था नहुँदा सीमावर्ती बस्तीका बासिन्दा वर्षौंदेखि भारतीयको थिचोमिचोबाट गन पीडित थिए । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सीमा क्षेत्रमा बीओपी स्थापना गरेको हो । सुरक्षा नभएकै कारण वर्षौंदेखि पीडित बनेका स्थानीयका तर्फबाट सुशीला राजवंशीले बीओपीका लागि पाँच कट्ठा जमिन निःशुल्क उपलब्ध गराएकी थिइन् । थप तीन कट्ठा जमिन खरिद गरेर मन्त्रालयले एक करोड ६१ लाख ७९ हजार ९ सय २९ रुपैयाँको लागतमा भौतिक संरचना निर्माण गरी बीओपी स्थापना गरेको सशस्त्र प्रहरी बल नम्बर २ गण हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले जानकारी दिए ।

बीओपीका लागि कार्यालय भवन, निवास, जुनियर अधिकृत, ब्यारेक भवन, जवान ब्यारेक, मेस भवन, प्रवेशद्वार तथा शौचालय निर्माण गरिएको छ । यो सहित भारतीय सीमा जोडिएको झापाका आठ स्थानमा बीओपी स्थापना गरिसकेको थक्सुले जानकारी दिए । ‘बीओपी बनेपछि त ढुक्क भएको छ । चोरी, डकैतीका घटना पनि सुनिएको छैन,’ वडाध्यक्ष शम्भुसिंह राजवंशीले भने । बीओपी स्थापनाका लागि वर्षौंदेखि पहल गरे पनि यो वर्ष मात्र स्थापना गराउन सफल भएको उनले बताए ।

भारतीय सीमा क्षेत्रमा सुरक्षाका लागि प्रत्येक तीन किलोमिटर दूरीमा बीओपी निर्माण गर्ने तयारी सरकारले गरिरहेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए । उनले अन्तर्रा्ष्ट्रिय सीमा सुरक्षाका लागि सरकार गम्भीर रहेकाले बाक्लै संख्यामा बीओपी निर्माण गर्ने तयारीमा आफू जुटेको बताए । उनका अनुसार हाल सीमा क्षेत्रमा ६ किलोमिटरको दूरीमा बीओपी रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes