दिगो रुपमा हात्ती आतङ्क नियन्त्रण गर्न स्थानीयको माग - Pahilo Online

दिगो रुपमा हात्ती आतङ्क नियन्त्रण गर्न स्थानीयको माग

writer

दमक । बारम्बार जंगली हात्तीले दुःख दिएको भन्दै झापाको कमल गाँउपालिका ५ का बासिन्दाले दिगोरूपमा यो समस्या समाधान गर्न माग गरेका छन्। बुधबार रातिसमेत सोही वडाको गुहेश्वरी टोलमा आएको एक जोडी जंगली हात्तीको आक्रमणबाट तीनवटा घरमा क्षति र्पुयाएपछि स्थानीय त्रसित भएका हुन्। वडाध्यक्ष डम्बरबहादुर निरौलाका अनुसार राति २ बजेतिर आएको हात्तीको माउसहित छावा हात्तीले उपद्रो मच्चाउँदा त्यहाँका विष्णुप्रसाद खनाल, लक्ष्मी खनाल र मोहमद मुसीलको घरमा क्षति पुगेको हो। उनीहरूले हात्ती गाउँ नपस्ने व्यवस्था मिलाई दिन माग गरेका छन्। हात्तीले उपद्रोबाट विष्णु र लक्ष्मीको घरमा सामान्य क्षति र्पुयाएको छ भने मोहमदको भने घरको बेरा भत्काउनुका साथै धानसमेत खाएर क्षति पुगेको छ। हात्ती नजिकैको रतुवा माई वृक्षरोपण आयोजना क्षेत्रको जंगलबाट आएको र रातभरि टोलबासी त्रसित हुनुपरेको वडाध्यक्ष निरौलाले बताए। हात्तीलाई राति नै प्रहरीसहित स्थानीयको सहयोगबाट जंगलतर्फ धपाइएको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes