पथरीशनिश्चरे । मोरङको रतुवामाई नगरपालिकामा पहिलोपटक सेन्ट्रल फेसन हब उर्लाबारीको व्यवस्थापन र आयोजनामा सोमबार समपन्न पहिलो ‘मिस रतुवामाई’ को उपाधि निश्मा श्रेष्ठले जितेकी छिन्। समाज परिबर्तनमा महिलाको भुमिका भन्ने मुलनारा सहित महिलाहरुको सुन्दरी प्रतियोगिता रतुवामाई मा सम्पन्न भएको छ । मिस रतुवामाई मा १३ प्रतियोगीहरु को सहभागीता रहेको थियोे । महिला शसक्तिकरण, महिला सहभागिताको महत्ब, समाज परिबर्तन, आत्मनिर्भर जस्ता बिषयमा प्रश्न सोधिएको थियो।
१३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि निश्मा श्रेष्ठले हात पारेकि हुन् उनलाई नगद रु.५० हजार, आइजोन इन्टरनेटको तर्फबाट एक वर्षका लागि निशुल्क इन्टरनेट र पोखरा भ्रमण गर्ने मौका समेत पाएकी छिन्। त्यस्तै फस्ट रनर अप रेश्मा श्रेष्ठ भइन। उनले नगद रु.३० हजार प्राप्त गरेकी छिन्। त्यस्तै प्रतियोगितामा सेकेण्ड रनर अप भएकी रेसु कालिकोटेले रु.२० हजार प्राप्त गरीन्।
प्रतियोगितामा विभिन्न विधा, मिस डिसिपिलिन मा रेसु कालिकोटे, मिस पब्लिक च्वाइस रेश्मा श्रेष्ठ, मिस क्याटवाल्क दुर्गा बस्नेत, मिस ट्यालेन्ट सुनिता थापा, मिस पर्सनालिटी निश्मा श्रेष्ठले जितेका छन्। प्रतियोगीतामा नविन लुइटेल, डा.सन्दिप अधिकारी, नविन श्रेष्ट, सायरा राई, सृजना क्षेत्री र ज्ञानेन्द्र सुनुवार ले प्रतियोगिताको मुल्यांकन गरेका थिए। कार्तिक २३ बाट सुरु भएको प्रतियोगिताको फाइनल, प्रतियोगिताको मुख्य प्रायोजक राष्ट्रनिर्माण सेकेण्डरी बार्डिङ्ग स्कुल रहेको थियो।
कार्यक्रम का प्रमुख अतिथि रतुवामाई नगरपालिकाका मेयर रबिन राई, बिशिष्ट अतिथि उपमेयर देवन्ता चुडाल, अतिथि हरुमा वडा अध्यक्ष समाजसेवि बलवहादुर बस्नेत, राजेन्द्र कटुवाल, निर्मल भट्टराई, दिनेश कुुुमार बिष्ट, बिधालय का प्रिन्सिपल विभिन्न संघ सस्थाका प्रतिनिधि लगायत कोे उपस्थिति रहेको थियो । बिजेता उपबिजेता हरुलाई अतिथि हरु ले चेक ट्रफि र प्रमाणपत्र हस्तान्तरण गरेका थिए । राष्ट्र निर्माण सेकेण्डरी बोर्डिङ्ग स्कुलको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।