समाजवादी पार्टी सरकारबाट बाहिरियो - Pahilo Online

समाजवादी पार्टी सरकारबाट बाहिरियो

writer

काठमाण्डौ । सत्तासहयात्री समाजवादी पार्टीले सरकार छाडेको छ । पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादीले प्रधानमन्त्रीसँग असन्तुष्टि जनाउँदै सरकार छाडेको हो।

उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहमद इश्तियाक राईले पदबाट राजीनामा दिएका छन् । सरकारमा सहभागी हुँदा भएको सहमति अनुसार संविधान संशोधनको प्रस्ताव मन्त्रिपरिषदमा लैजाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्नै नदिएपछि सरकार छाडेको समाजवादी पार्टीका अध्यक्षसमेत रएका उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले बताए।

उनले दुईबुँदे सम्झौताबाट सरकार पछि हटेको पनि बताए । संविधान संशोधनका बारे पटक पटक प्रधानमन्त्रीसँग राख्दा पनि कुनै सुनुवाई नभएपछि बाध्य भएर राजीनामा दिएको उनले बताए। सरकार दुईबुँदे सहमतिबाट पछि हटेको र सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएकाले राजीनामा दिएको मन्त्री यादवले दिएको राजीनामा पत्रमा उल्लेख छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes