नेपाल–भारत सीमाना जोगबनी नाकाबाट आयात–निर्यात ठप्प - Pahilo Online

नेपाल–भारत सीमाना जोगबनी नाकाबाट आयात–निर्यात ठप्प

writer

मोरङ । नेपाल–भारत सीमाना जोगबनी नाकाबाट आयात–निर्यात ठप्प भएको छ । भारततर्फको मीरगञ्ज खोलाको पुल मर्मतसम्भारको काम थालिएपछि आयात–निर्यात ठप्प भएको हो ।

करिब तीन वर्षअघि २०७४ सालको बाढीले पुल क्षतिग्रस्त भएको थियो । त्यसबेला पुल सञ्चालनमा आउन एक वर्ष लागेको थियो । उक्त कमजोर अवस्थामा रहेको पुलको पुनः मर्मतको काम थालिँदा आयात–निर्यात बन्द भएको हो । बाढीले क्षति र्पुयाएको पुल निर्माण पछि ४० टनभन्दा बढी भारका मालवाहक सवारी बन्द गरिएको थियो ।

मर्मत भइरहेको पुलमा एकतर्फी मात्र सवारी चल्न दिएको छ । एकतर्फी आवागमनमा हल्का सवारी साधन मात्र चल्न पाउँछन् । डिसेम्बर १९ बाट पुलको मर्मत सुरु भएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलले जानकारी दिए । उनले पुलको मर्मत डिसेम्बर ३० मा सम्पन्न हुने जानकारी आएको बताए ।

‘पुलको मर्मत सुरु भएपछि भन्सारको कारोवार ‘ह्वात्तै’ घटेको छ,’ उनले भने, ‘दैनिक १४र१५ करोड राजस्व संकलन हुन्थ्यो । अहिले पाँच लाखसम्म हुनेगरेको छ ।’ विराटनगर भन्सारबाट दैनिक २ सय देखि २ सय ५० मालवाहक ट्रक नेपाल प्रवेश गर्ने गरेका थिए । भारत जोगबनी नजिकको मीरगञ्ज पुल मर्मत सुरु भएपछि नेपाल आउने प्रतीक्षामा रहेका गाडीको लाईन लामो रहेको छ । पुलपारि सयौँ गाडी लाइन लागेर बसेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes