भोजपुरमा वडा सदस्यबाट नै युवतीलाई जबर्जस्ती करणी - Pahilo Online

भोजपुरमा वडा सदस्यबाट नै युवतीलाई जबर्जस्ती करणी

writer

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–६ हुम्सुमा एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा सोही वडाका वडा सदस्य ३८ वर्षीय बालकुमार राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको छ ।

गत मङ्सिर १५ गते पीडितले उक्त घटना भएको भनी दिएको उजुरीका आधारमा बालकुमारलाई गत शुक्रबार पक्राउ गरेको प्रहरीको भनाइ छ । जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes