एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु - Pahilo Online

एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु

writer

सुनसरी । एम्बुलेन्स दुर्घटना हुदा सुनसरीमा एक जनाको मृत्यु भएको छ । भोक्राहा नरसिंह ५ स्थित पुर्व पश्चिम राजमार्गमा एम्बुलेन्स ट्रकमा ठोकिदा एम्बुलेन्समा सवार उदयपुर चौडण्डीगडी ५ बस्ने ५० बर्षीय चेत बहादुर बिष्टको मृत्यु भएको हो ।

सोमबार बिहान साढे ८ बजे पश्चिम तर्फ जादै गरेको ना.७ ख.३५५३ नम्बरको ट्रकलाई सोहि दिशा तर्फ जादै गरेको स.१ च.४९६ नम्बरको एम्बुलेन्सले पछाडीबाट ठक्कर दिदा एम्बुलेन्समा सवार बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

साथै एम्बुलेन्स चालक सहित चार जना घाईते भएकोमा तिन जनाको नोबेल अस्पताल बिराटनगर र चालकको जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको प्रहरीले जानकरी दिएको छ । ट्रक,एम्बुलेन्स र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेका छन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes