लेटाङमा चिसाङ भ्याली क्लवको आयोजनामा फूटबल प्रतियोगिता आयोजना हुने - Pahilo Online

लेटाङमा चिसाङ भ्याली क्लवको आयोजनामा फूटबल प्रतियोगिता आयोजना हुने

writer

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा रहेको चिसाङ भ्याली क्लवले आगामी पुस २५ गते बाट प्रदेश स्तरीय च्यालेन्ज कल पुरुष खुल्ला नकआउट फूटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पुस ११ गते बाट आयोजना गर्ने भनिए पनि प्राबिधिक तयारी पूरा नभएका कारण प्रतियोगिता २५ गते बाट संचालन गरिने आइतबार पत्रकार सम्मेलन गरि उक्त जानकारी गराइएको हो । माघ ३ गतेसम्म चल्ने उक्त प्रतियोगितामा प्रदेश १ का ७ वटा र पाहुना टोली चर्च ब्वोइज काठमाडौं समेत गरि ८ टिमको सहभागिता हुने संस्थाका अध्यक्ष उर्गेन तामाङले बताए ।

प्रतियोगिताको बिजेता टिमले १ लाख पचास हजार नगद, ट्रफी र मेडल प्राप्त गर्ने छन् । त्यसैले गरि उपबिजेता टिमले ७५ हजार नगद, ट्रफी र मेडल प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द म्याचले नगद ३ हजार रुपैया नगद प्राप्त गर्नेछन् । लेटाङ नगरपालिका वडा नम्बर ५ स्थित प्रस्तावित बुद्ध रंगशालामा खेलाइने उक्त प्रतियोगिताको कुल अनुमानित बजेट १२ लाख रहेको आयोजकले जनाएको छ । स्थापना कालको छोटो समयमा उत्कृष्ट काम गर्दै आएको चिसाङ भ्याली क्लब खेलकुद क्षेत्रमा मात्र नभई सामाजिक काममा समेत उत्तिकै सकृय रहदै आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes