पथरीशनिश्चरेकी रिजु भट्टराई लाई मिस पूर्वाञ्चल २०१९ को ताज - Pahilo Online

पथरीशनिश्चरेकी रिजु भट्टराई लाई मिस पूर्वाञ्चल २०१९ को ताज

writer


पथरीशनिश्चरे । मिस पूर्वाञ्चल २०१९ को ताज पथरीशनिश्चरेकी रिजु भट्टराईले पहिरीएकी छिन् शनिबार मध्यराति धरानमा सम्पन्न मिस पूर्वाञ्चलमा सहभागी २० प्रतियोगीहरूलाई पछि पार्दै उनले उपाधि हातपारेकी हुन् । । यस अघि उनी मिस पथरी शनिश्चरे २०१९ की विजेता समेत रहेकि छिन् ।

उनलाई मिस पूर्वाञ्चल २०१८ की विजेता पूजा श्रेष्ठले ताज पहिरिदिएकी थिइन् । उनले उपाधिसँगै २ लाख रूपैयाँ, अध्ययनका लागि युएन कलेजको छात्रवृत्ति र हङकङ घुम्ने अवसर प्राप्त गरेकी छिन् । उनले उपाधिसँगै मिस पर्सनालिटीको सवटाइटल जितेकी छिन् । पथरीको पञ्चायत उमाविबाट प्लस गरेकी सङ्गीत, चित्रकला साथै गायनमा रुचि राख्ने गरेको बताउँछिन् ।

त्यस्तै, एन्जल राई फस्टरनर अप बनिन् भने सिमरन लिम्बू सेकेण्डरनरअप बनिन् । उनीहरुले क्रमश नगद रु.१ लाख र नगद रु. ५० हजार प्राप्त गरै। प्रमुख निर्णायक दीप श्रेष्ठले सोधेको भिजिट नेपालसम्बन्धी प्रश्नको सटिक जवाफ दिँदै उनीहरूले उपाधि जितेका हुन् । टप १२, टप ५ हुँदै नतिजा घोषणा गरिएको थियो ।

प्रतियोगिताको मिस फोटोजेनिक रेश्मा राई, मिस वेष्ट वर्क सुस्मिता बराइली, मिस मल्टीमिडिया एञ्जल राई, मिस इन्टरएक्चुअल सिमरन लिम्बू, मिस पंचुअल स्वेता पोख्रेल, मिस ट्यालेन्ट अनुपमा बस्नेत, मिस वेष्ट कम्प्लेक्सन विपना तामाङ, मिस फोटोजेनिक एन्जल राई घोषित भए । उनीहरूले नगद १५ हजार पनि पाएका थिए ।

२०१० मा झापाकी सविना सुब्बा, २०११ मा सुनसरीकी प्रतिभा श्रेष्ठ, २०१२ मा सुनसरीकी अस्मिता गुरुङ,२०१३ मा सुनसरीकी नेहा बजाज, २०१४ मा मोरङकी नेमिता आङबुहाङ, २०१५ मा मोरङकी प्रियङ्का श्रेष्ठ, २०१६ मा झापाकी कृतिका गिरी, २०१७ मा सुनसरीकी रुबी लिम्बु, २०१८ मा झापाकी पूजा श्रेष्ठले उपाधि जितेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes