उपलब्धी समृद्धी बहुउदेश्य सहकारी संस्थाको साधारण सभामा सम्पन्न - Pahilo Online

उपलब्धी समृद्धी बहुउदेश्य सहकारी संस्थाको साधारण सभामा सम्पन्न

८ लाख ४१ हजार बराबरको आम्दानी सार्वजनिक

writer

अर्पना केशी
पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे वडा नं ४ मा रहेको उपलब्धी समृद्धी बहुउदेश्य सहकारी संस्थाले आफ्नो संचानलको दोस्रो साधारण सभा आज (शनिबार) सम्पन्न गरेको छ।

सभामा वार्षिक प्रगति विवरण अध्यक्ष सोमनाथ आचार्यले गरेका थिए । उनले ०७५, ७६ मा संस्थाको आम्दानी ८ लाख ४१ हजार ३ सय ३५ रुपैया, खर्च ७ लाख ७४ हजार ३ सय ९८ रुपैयाको आम्दानी सार्वजनिक गरिएको छ । बैकमा रहेको ६६ हजार ९ सय ३७ रुपैया आउने कार्यक्रमलाई समेट्ने आचार्यले बताएकाछन् । २०७० सालमा स्थापना भएको सहकारीले छैटै सभा र संचालनको भने दोस्रो साधारण सभा सम्पन्न गरेको हो ।

सहकारीले आम्दानी बढाएर लाने र शेयर सदस्यहरुलाई थप सेवा दिने लेखा सुपरीवेक्षक थिर प्रसाद आचार्यले बताएका छन्। ३ सय ४० जना शेयर सदस्यलाई प्रमाण पत्र वितरण गरिएको छ । सभामा वडा नं ८ का अध्यक्ष बाबुराम दाहालको प्रमुख आतिथ्यता रहेको थियो भने सभाको संचालन लगानी उप समितीका सदस्य रविन मगरले गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes