विराटनगरमा सोलार जडान र विस्तारको बजेट कटौती गरी अन्य क्षेत्रमा लगानी गर्ने निर्णय - Pahilo Online

विराटनगरमा सोलार जडान र विस्तारको बजेट कटौती गरी अन्य क्षेत्रमा लगानी गर्ने निर्णय

writer

विराटनगर । विराटनगर महानगरपालिकाले सोलार जडान र विस्तारका लागि विनियोजन गरेको बजेट कटौती गरी अन्य क्षेत्रमा लगानी गर्ने निर्णय गरेको छ । महानगरपालिकाको कार्यपालिका बैठकले सोलार जडानका लागि विनियोजन भएको बजेट कटौती गर्ने निर्णय गरेको हो ।

देशमा विद्युत उत्पादन पर्याप्त भएकाले आवश्यक भन्दा बाहेक स्थानमा सोलार जडान नगर्ने निर्णय भएको विराटनगरका मेयर भीम पराजुलीले बताए । विद्युत विस्तार नभएका अतिआवश्यक स्थानमा भने सोलार जडान गर्न सकिने उनले बताए । ‘विद्युत उत्पादन बढेको छ,’ उनले भने, ‘ सोलारको विश्वश्नियता पनि कम छैन् ।’

विराटनगर पानीटंकीदेखि पुष्पलाल चौंकसम्म महानगरले सडकमा सौर्यबत्ती जडान गरेको छ । करिब दुई वर्ष अघि जडान भएका सौर्यबत्तीको प्रभावकारिता कम छ । जडान खर्च महंगो भएपनि दिगोपन नभएका कारण सोलारका लागि विनियोजन भएको बजेट अन्यन्त्र खर्च गर्ने निर्णय भएको पराजुलीले बताए ।

चालु आर्थिक वर्ष विराटनगर महानगरपालिकाका वडा कार्यालयहरुले सोलार जडानका लागि बजेट विनियोजन गरेका थिए । बोर्ड बैठकले नै निर्णय गरेपछि वडाहरुले विनियोजन गरेको बजेट अन्य शीर्षकमा विनियोजन गर्न थालेको पराजुलीको भनाइ छ ।

विद्युत उत्पादन पर्याप्त भएका कारण सडकमा सौर्यबत्ती जडानका लागि विनियोजन भएको बजेट कटौती गरी अन्यन्त्र खर्च गर्ने निर्णय भएको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिए । ‘विद्युत उत्पादन पर्याप्त भएका कारण विदेशी बस्तु प्रयोग आवश्यक देखेनौं ,’ उनी भन्छन्, ‘ सोलार खरिदमा नेपाली पूजी विदेशिन्छ, विद्युत खपत बढाउन सोलार जडान नगर्ने निर्णय गर्याैं ।’ उनका अनुसार अतिआवश्यक स्थानमा भने सोलार बत्ती जडानका लागि वडा कार्यायलले छुट्याएको बजेट कटौती गरिएको छैन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes