संखुवासभामा चिया बगानका म्यानेजरमाथि गोली प्रहार - Pahilo Online

संखुवासभामा चिया बगानका म्यानेजरमाथि गोली प्रहार

writer

संखुवासभा । सङ्खुवासभाको धर्मदेवी नगरपालिका ३ मुडे शनिश्चरेस्थित सगरमाथा टि स्टेटका म्यानेजर हर्क कुलुङ राई माथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका छन् । तर, राई कोठाभित्रै लुकेर गोली लाग्नबाट जोगिएका छन् । आफूमाथि असुरक्षा भएको भन्दै उनी अहिले स्थानीय प्रहरी चौकीमा शरण लिएर बसेका छन् ।

म्यानेजर राई सुतिरहेको अवस्थामा बुधबार राती १० बजेको समयमा टि स्टेट स्थित उनको क्वाटरको ढोका तोडफोड गरी हात छिराएर अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए । क्वाटरमा सुतिरहेका राईले आफूलाई ताकेर गोली प्रहार गरिए पनि आफू लुकेर जोखिन सफल भएको बताए । गोली भने ढोका माथिको भागमा लागेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes