ईलाममा डेढ महिने शिशुलाई ४ वटा खोप एकै पटक लगाउदा मृत्यु - Pahilo Online

ईलाममा डेढ महिने शिशुलाई ४ वटा खोप एकै पटक लगाउदा मृत्यु

writer

इलाम । इलाम माङ्सेबुङ्ग गाउँपालिका वडा नं ४, सिमलटार स्थित स्वास्थ्य इकाईमा बिसिजि खोप लगाउन ढिलो भएको भन्दै एकै पटक बिसिजि खोप र अन्य छ हप्तामा लगाउने खोप लगाउदा डेढ महिनाको बालिका बुनु देवानको मृत्यु भएको छ। एकैपटक चार वटा सुई लगाए पछि भार थेग्न नसकेर बिरामी भएको बालिकालाई बिराटनगर स्थित न्युरो अस्पतालमा लग्ने क्रममा मृत्यु भएको थियो। उक्त घटना पश्चात् मृतक परिवारले घटनाको सत्य तथ्य छानबिनको लागि माग गरेका छन्।

आकस्मिक घटना घटेको र यस घटनाको सत्य तथ्य बाहिर आई नसकेको त्यसको निम्ति मृतक परिवार, स्वास्थ्य चौकी, स्थानीय सरकार र नागरिक समाज चारै पक्ष उक्त बिषयमा छलफल गरि घटनालाई टुंगोमा पुर्याउने सहमति भएको स्थानीय आशिष जबेगु लिम्बूले बताए। स्वास्थ्यकर्मीहरुले अकल्पनीय घटना घटेको र आफुहरुले सरकारको नियम अनुसार नै सुई प्रयोग गरेको बताउदै आएको छन।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes