विर्तामोडमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु - Pahilo Online

विर्तामोडमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

writer

झापा । झापा बिर्तामोड नगरपालिका १ पश्चिम स्टेन स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार बिहान पौने ६ बजेको समयमा बिरगंजबाट काकडभिट्टा तर्फ आउदै गरेको ना ४ ख ६११६ नम्बरको बसले बाटो काट्दै गरेका इलाम नगरपालिका २ बस्ने वर्ष ५६ को होमनाथ ढुङ्गेललाई ठक्कर दिएर घाईते बनाएको थियो । ठक्करबाट गम्भीर घाईते भएका उनलाई उपचारको लागी बि.एण्ड सि. अस्पताल बिर्तामोड र्पुयाउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । ठक्कर दिने बस, बस चालक पर्सा जिल्लाको गढी नगरपालिका ९ बस्ने बर्ष ३९ को बेद बहादुर सुबेदीलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes