संकटमा प्रदेश १ का कुखुरा पालक किसानको दुई अर्ब लगानी डुब्ने चिन्ता - Pahilo Online

संकटमा प्रदेश १ का कुखुरा पालक किसानको दुई अर्ब लगानी डुब्ने चिन्ता

writer

दमक । लगातार रुपमा अण्डाको मूल्य ओह्रालो लागेपछि प्रदेश १ का कुखुरा पालक किसानको दुई अर्व रुपैयाँ लगानी डुब्ने चिन्ता बढेको छ। प्रदेशमा रहेका ३०० भन्दा बढी व्यावसायिक फर्ममा दुई अर्बको हाराहारीमा लगानी भएको अण्डा उत्पाक संघको भनाइ छ। तर, सरकारले अण्डाको बजार व्यवस्थापन गर्न नसक्दा र विचौलिया हावी हुँदा लगानी संकटमा परेको हो। अण्डा उत्पादनक संघ प्रदेश १ का अध्यक्ष माधव पराजुलीका अनुसार प्रदेश १ मा रहेका ३५० फार्मको स्थायी संरचनामा मात्र डेढ अर्ब लगानी पुगेको छ।

‘यस प्रदेशमा ३५० फर्म छन्। यी फर्ममा औसतमा ५ लाख कुखुरा रहन्छन्,’ उनले भने, ‘एउटा कुखुराको फर्मको संरचनामा सरदर तीन हजार खर्च भएको छ। यसरी हेर्दा संरचनामा निर्माणमा मात्र डेढ अर्व लगानी भई सकेको छ।’ यस्तै, एउटा कुखुरा अण्डा उत्पादनका लागि योग्य बनाउँदा कम्तीमा पनि ५०० रुपैयाँ खर्च भएको हुन्छ। अण्डा उत्पादनका लागि सक्षम बनाउन मात्र पाँच लाख कुखुरालाई २५ करोड रुपैयाँ खर्च भएको हुन्छ। ‘यही पेशामा लगानी र समय धेरै खर्च भइसक्यो,’ कुखुरा पालनमा लागेका दमकका उद्यमी किसान देवराज अधिकारीले भने, ‘यहाँको लगानी छोडेर अरु पेशा रोज्न सक्ने अवस्था पनि छैन। त्यसैले घाटा सहरै पोल्ट्री व्यवसाय गरिरहनु परेको सुनाएका छन्।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes