उदयपुरमा झाडापखालाको प्रकोपबात ७ घर परिवार प्रभावित - Pahilo Online

उदयपुरमा झाडापखालाको प्रकोपबात ७ घर परिवार प्रभावित

writer

उदयपुर । उदयपुरमा झाडापखाला र भमिटिङको प्रकोप देखा परेको छ। जिल्लाको त्रियुगा नगरपालिका १६ शाहिखोला स्थित ७ घर परिवारको १५ जनालाई भमिटिङ हुने, झाडापखालाको माहामारी फैलिएको त्रियुगा नगरपालिका १६ का वडाध्यक्ष मानबहादुर राईले जानकारी दिए। स्थानीय एक ७० वर्षीय वृद्ध नरेन्द्र कार्की लाई अचानक झाडापखाला र भमिटिङ हुन थालेपछि कार्कीको परिवारसहित छिमेकी ७ घरमा समेत संक्रमण फैलिएको वडाध्यक्ष राईले जानकारी दिए।

स्थानीय युवाको पहलमा जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको स्थानीय भुवन दाहालले बताए। पानीको कारणले संक्रमण फैलिएको हुन सक्ने भएकोले खानेपानी तथा ढल निकास विभाग बिराटनगरलाई पानी परीक्षणको लागि पठाइएको छ। अहिले बिरामीको अवस्था सामान्य रहेको र उपचारमा कुनै पनि कमी आउन नदिने वडाध्यक्ष राई बताएका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles