उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ३ जरुवा स्थित भित्रि सडक खण्डमा बोलेरो गाडी सडकबाट तल खस्दा ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । बिहिबार बिहान सवा ९ बजेको समयमा तामलडाडाबाट कटारीतर्फ जादै गरेको SK01PB 3068 नम्बरकोको बोलेरो गाडी आफै अनियन्त्रित भई सडक भन्दा अंदाजी २०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेर उदयपुरको उदयपुरगढि गाऊपालिका ३ घर भई हाल मोरङ पथरी बस्ने बर्ष ६१ को टिक नारायण श्रेष्ठ, बर्ष ४७ को ढक बहादुर मगर , बर्ष ४७ को मिन नारायण श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । साथै मोरङको पथरी ४ बस्ने बर्ष ३५ को टिकाराम श्रेष्ठलाई उपचारको लागी कटारी अस्पतालमा र्पूयाउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । त्यसैगरी सोही दुर्घटनामा परेर गम्भिर घाईते भएका मोरङ पथरी ४ बस्ने बर्ष ५५ को लक्ष्मी प्रसाद राई र भारतको सिक्किम बस्ने बर्ष २८ को पवन राईलाई उपचारकोलागी नोवेल अस्पताल विराटनगर ल्याईदै गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।