पथरी शनिश्चरे नगरका लागि ५० शैयाको अस्पतालको माग गरिने - Pahilo Online

पथरी शनिश्चरे नगरका लागि ५० शैयाको अस्पतालको माग गरिने

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा ५० शैयाको अस्पतालका लागि मन्त्रालयमा माग गरिने भएको छ । नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले ८१ हजार बढी जनसंख्या रहेको नगरमा ५० शैया बराबरको अस्पतालको आवश्यकता रहेकाले स्वास्थ्य तथा वातावरण मन्त्रालयमा सोको माग गर्ने निर्णण गरेको हो ।

हाललाई १५ शैयाको मात्र अस्पताल स्वीकृत भएकोमा स्थानीयले ५० शैयाको अस्पतालको मापदण्ड अनुसारको जग्गा उपलब्ध गराएको र थप जग्गा समेत उपलब्ध गराउन तयार भएपछि त्यस्तो माग गर्ने निर्णय भएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाकारी दिए । बैठकले, नगरको फोहोर संकलन गर्न फिल्डमा खटिने कर्मचारीहरुलाई निःशुल्क रुपमा स्वास्थ्य विमा गरिदिने लगायतका निर्णय गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes