मेची अस्पतालमा सरसफाइ नहुँदा बिरामी दुर्ग्न्धित वातावरणमासेवा लिन बाध्य - Pahilo Online

मेची अस्पतालमा सरसफाइ नहुँदा बिरामी दुर्ग्न्धित वातावरणमासेवा लिन बाध्य

writer

झापा । भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा नियमित सरसफाइ नहुँदा बिरामी दुर्ग्न्धित वातावरणमा रहेर सेवा लिन बाध्य छन्। प्रादेशिक अस्पतालको रूपमा विकास गर्ने योजनामा रहेको अस्पताल प्रशासनले वार्षिक रूपमा टेन्डर आह्वान गर्दै सरसफाइको ठेक्का लगाए पनि ठेकेदारसहित तलबमा राखेका स्थायी कर्मचारीले समेत नियमित सरसफाइमा चासो नदेखाउँदा अस्पतालमा फोहोर मैला थुप्रिन थालेको हो।

अस्पताल परिसरभित्र जथाभावी पानीका बोत्तल फ्याक्ने, गुट्खा खाएर थुक्ने, सफाइ नगर्नु, बगैंचाका बोटबिरुवा नकाट्नु, शौचालय सफाइ नगर्नु, बिरामी बस्ने शय्या तथा कक्षमा सरसफाइ नहुनु, धाराको पानी कोठामै चुहिनु, कोठाभित्रै भुस्याहा कुकुर पस्नेजस्ता समस्याहरू रहेको बिरामीहरु कुरुवाहरुको गुनासो छ।

अस्पतालले नियमित सरसफाइका लागि सातजना स्थानीय कर्मचारी राखेको छ। साथ‚ ठेकेदारले समेत १६ जना कर्मचारी सरसफाइका लागि खटाएको छ। तर, ती कर्मचारीले अस्पतालको सरसफाइमा खासै चासो नदेखाइ मासिक तलब मात्र बुझ्ने गरेकाले अस्पताल परिसर दुर्ग्न्धित र कुरूप बन्दै गइरहेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes