पूर्व राजदम्पतिलाई चन्द्रगढी विमानस्थलमा उनका समर्थकको भव्य स्वागत - Pahilo Online

पूर्व राजदम्पतिलाई चन्द्रगढी विमानस्थलमा उनका समर्थकको भव्य स्वागत

writer

झापा । पूर्वराजा–रानीप्रति झापाली जनताको मोह अझै घटेको छैन। दमकस्थित मिनी दरबार आएका पूर्व राजदम्पतिलाई भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा उनका समर्थकले भव्य स्वागत तथा सम्मान गरेका छन्। श्री एयरलाइन्सको जहाजबाट बुधबार दिउँसो १ बजेर २८ मिनेटमा झापा उत्रिएका पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमललाई विमानस्थल परिसरभित्रै स्वागत तथा सम्मान गरेका थिए। राजालाई स्वागतका लागि बिहानैदेखि सयौँको संख्यामा आएका समर्थकले पूवराजा ज्ञानेन्द्र र रानी कोमललाई फूलमाल लगाएर भव्य स्वागत तथा सम्मान गरेका थिए। समर्थकले राजा आऊ देश बचाउ, नेपाल आमा के भन्छिन्, राजतन्त्रले भन्छिन्, गणतन्त्र मुर्दावाद लगायतका नारासमेत लगाएका थिए।

विमानस्थलमा समर्थकको भीडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो। साथै राज दम्पतिसँग फोटो खिचाउन समर्थक हात हातमा मोबाइल फोन बोकेका थिए। राज दम्पतिले सीधै उनका समर्थकको सम्मान लिँदै करिब आधा घण्टाको विमानस्थलमा बिताएका थिए। पूर्व राजदम्पतिको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, साद पोसाकका प्रहरी, शिव सेना र हिन्दु सेनाले सुरषा दिएका थिए। पूर्व राजदम्पति दमक नगरपालिका १५ स्थित हिमालय महालक्ष्मी गुडरिक प्रालिको चिया बगानमा रहेको मिनी दरबारमा एक महिना बस्ने कार्यक्रम रहेको जनाइएको छ। दमकमा पूर्वराजाको चिया बगान पनि छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes