चुलाचुलीमा अध्यक्ष कप भोलीबाट सुरु हुदै - Pahilo Online

चुलाचुलीमा अध्यक्ष कप भोलीबाट सुरु हुदै

writer

इलाम । इलामको चुलाचुली गाउँपालिकामा “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” नारा सहित चुलाचुली अध्यक्ष कप फुटबल प्रतियोगिता तथा वडास्तरिय महिला नकआउट फुटबल प्रतियोगिता बिहीबारबाट सुरु हुने भएको छ। पुष ३ गते देखि १५ गते सम्म सञ्चालन हुने प्रतियोगिता पञ्चकन्या आधारभूत विद्यालयको खेलमैदानमा हुने जनाइएको छ ।

अन्तर चलाचुली स्तरिय खेलमा ६ वटै वडाले सहभागिता जनाउने छन् । फिफाको खेल नियमको आधारमा खेलाउने लिग फुटबल प्रतियागितामा पुरुष तर्फ प्रथम पुरस्कार ५० हजार, दोस्रो ३० हजार र महिला तर्फ प्रथम पुरस्कार २० हजार, दोस्रो पुरस्कार १० हजार साथै ट्रफ्री, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी गराएका छन् ।

चुलाचुली गाउँपालिकाको सहयोगमा सञ्चालन हुने प्रतियोगिताको अवसरमा चुलाचुलीबाट खेलकुद क्षेत्रमा योगदान पु¥याउने ११ जना पूर्व खेलाडीहरुलाई सम्मान गरिने खेलकुद समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक राईले बताए । चुलाचुली खेलकुद समितिले गतबर्ष भने चुलाचुली प्रथम गोल्डकप आयोजना गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes