सुनकोशी नदीमा हामफालेर ४० बर्षीय महिला बेपत्ता - Pahilo Online

सुनकोशी नदीमा हामफालेर ४० बर्षीय महिला बेपत्ता

१३ बर्षीया बालिकालाई पनि खोलाले बगाउँदा बेपत्ता

writer

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका २ ज्यामिरे बस्ने ४० बर्षीय कुम्भ कुमारी कार्की, सुनकोशीमा हामफालेर बेपत्ता भएकी छन् । मंगलवार बिहान ११ बजे कार्की सुनकोशीमा हामफालेर बेपत्ता भएको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट प्रहरी टोली खटि गई स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसैगरी सोलुखुम्बुको सोताङ गाउँपालिका ४ कि १३ बर्षीया बालिका निर्मला भुजेल रोक खोलाले बगाउँदा बेपत्ता भएकी छन् । मंगलवार बिहान १० बजे आफ्नै भाउजुलाई उपचार गराउन लैजादा खोला तर्ने क्रममा खोलाले बगाउँदा उनी बेपत्ता भएकी हुन् । बेपत्ता भएकी बालिकाको ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोली र स्थानीयवसी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes