मोरङ प्याब्सन स्पोर्टस मिट पुस ३ देखि हुँदै - Pahilo Online

मोरङ प्याब्सन स्पोर्टस मिट पुस ३ देखि हुँदै

writer

विराटनगर । ‘अनुशासन मैत्री स्वास्थ्य–शान्तिका लागि खेल’ भन्ने मुल नाराका साथ प्याब्सन मोरङको आयोजनामा ११ औँ प्याब्सन स्पोर्टस मिट २०७६ आगामी पुस ३ गते देखी हुने भएको छ । प्याब्सन मोरङले विराटनगरमा सोमाबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी दिएको हो ।

विराटनगरस्थित शहिद रंगशालामा हुने उक्त प्रतियोगितामा मोरङ जिल्लाका प्याब्सन सदस्य २ सय ५० वटा विद्यालयहरुका २ हजार भन्दा बढि खेलाडीहरु सहभागी हुनेछन् । करिब १ लाख बढी खेलमा रुचि भएका दर्शकले प्रत्यक्ष अवलोकन गर्ने प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले बताए ।

प्याब्सन स्पोर्टस् मिट प्याब्सन मोरङको मात्र नभई प्रदेशवासी कै गौरव र विशेष गरी मोरङ वासीहरुका लागि ऐतिहासिक आयोजना रहेको बस्नेतको भनाई छ । खेलकुद प्रतियोगिता संचालनका लागि करिब १५ लाख लाग्ने जानकारी दिईएकोछ । खेलकुद प्रतियोगिताको उद्घाटन पुस ३ गते प्याब्सनका केन्द्रिय अध्यक्ष टिकाराम पुरीले गर्नछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes