खोटाङमा आगलागीबाट ६३ लाख बराबरको क्षती - Pahilo Online

खोटाङमा आगलागीबाट ६३ लाख बराबरको क्षती

writer

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका ७ खोटाङबजार बस्ने मनिकलाल प्रधानको घरमा बिद्युत् सर्टभई अचानक आगलागीबाट हुँदा ठुलो धनमालको क्षती भएको छ । मंगलबार बिहानको राती साढे १ बजेको समयमा बिधुत सर्ट भई अचानक आगलागी हुँदा मनिकलाल प्रधानको ढुङ्गा माटोले बनेको टिनको छानो भएको ३ तले घर तथा घर भित्र रहेको सम्पुर्ण सामानहरु पुर्ण रुपमा जलेर नष्ट हुँदा ३० लाख बराबरको क्षती भएको छ साथै सोही घरमा कोठा भाडामा लिएर पुस्तक पसल गर्दै आईरहेका घनश्याम फुयलको पुस्तक पसलमा रहेको स्टेशनरीका सम्पुर्ण सामानहरु जलेर नष्ट हुँदा १५ लाख र सोही घरमा कोठा भाडामा लिई मोबाईल पसल गर्नेसोही गाउँपालिका ६ कात्तिके बस्ने रमेश राईको मोबाईल पसलमा भएको १८ लाख बराबरको सम्पुर्ण सामानहरु जलेर नष्ट हुँदा ६३ लाख बराबरको क्षती भएको छ । घटनाबारेमा जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरीको टोलीले स्थानीयवासीहरुको सहयोगमा बिहान ३ बजेको समयमा आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes