उदयपुरमा ट्याक्टरबाट लडेर ७ बर्षिया बालिकाको मृत्यु - Pahilo Online

उदयपुरमा ट्याक्टरबाट लडेर ७ बर्षिया बालिकाको मृत्यु

writer

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका २ सुगारे स्थित भित्री सडक खण्डमा ट्याक्टरबाट लडेर स्थानीय ७ बर्षिया रोशिका कार्कीको मृत्यु भएको छ । सोमबार दिउँसो साढे १२ बजेको समयमा उत्तर बाट दक्षिण तर्फ जादै गरेको को. २त.६२५१ नम्बरको ट्याक्टरमा सवार ट्याक्टर बाट लडेर गम्भिर घाईते भएकी थिईन । घाईते उनलाई तत्काल उपचारकोलागी बेल्टार स्थित शुभकामना मेडिकलमा ल्याईएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ट्याक्टर र ट्याक्टर चालक चौदण्डीगढी नगरपालिका ६ स्कुल डाँडा बस्ने बर्ष २५ को अम्मर कार्कीलाई ईलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes