बेलबारी प्रहरीले १ महिनामा हराएको १९ वटा मोबाईल धनीलाई बुझायो - Pahilo Online

बेलबारी प्रहरीले १ महिनामा हराएको १९ वटा मोबाईल धनीलाई बुझायो

writer

बेलबारी । ईलाका प्रहरी कार्यलय बेलबारीमा प्रमुख भएर आउने बित्तिकै होटल एण्ड रेष्टुरेण्ट बिरुद्ध आक्रामक बनेर चर्चा कमाएका ईन्स्पेक्टर गुणराज बुढाथोकी एकपछि अर्को सफल कामका कारण अहिले चर्चामा छन ।

मध्यरात सम्म होटल तथा रेष्टुरेण्ट चलाउने बिरुद्ध एक्सनमा उत्रिएका उनले शुरुमा खासै कसैको साथ सहयोग पाएनन् । उनको चर्चा र आलोचना दुवै भयो । प्रदेश प्रहरी सम्म उनको बिषयले खैलाबैला मच्चायो । उनी जति आलोचना भएपनि काम गर्न पछि परेनन । अबैध खोला दोहन,नियमबिपरित गिटी,बालुवा चोरी निकासी,घरेलु मदिराको ओसार पसार र ब्यापारका बिरुद्ध शुरुमै एक्सनमा उत्रिएका उनलाई शुरुमा नयाँ जोगीको खरानी मात्र धेर भन्नेको संख्या समेत उल्लेख्य थियो । पछि उनले कामले जित्दै गएपछि उनको कामको यतिबेला प्रशंषा हुन थालेको छ ।

पद एउटै काम एउटै भएपनि काम गर्ने सोच र तरिका मात्र फरक भए राम्रो काम गरेर सर्बसाधारणको मन जित्न सकिने उनी बताउँछन । पछिल्लो समय उनले हराएका मोबाईलहरुको खोजी गरिदिएर सर्बसाधारणको प्रशंषा बटुल्न सफल भएका छन । एक महिनाअघि ८ वटा हराएका मोबाईल खोजी गरी भेटाएर मोबाईल धनीलाई बुझाएका उनले एक महिना नबित्दै आईतबार थप ११ वटा मोबाईल फेला पारी मोबाईल धनीलाई बुझाएका छन ।

मोबाईल धनीहरुलाई मोबाईल खोजीका लागी हेल्प डेस्क नै खडा गरी मोबाईल हराएको उजुरी लिने र मोबाईल खोजी गरी भेटाएपछि जिम्मा लगाउने गरेको उनी बताउँछन । उनको यो अभियान सकरात्मक रहेको स्थानीय सर्बसाधारणको प्रतिक्रिया रहेको छ । मोबाईल पाएपछि ईलाका प्रहरी कार्यलय परिसरमा भेटिएका मोबाईलधनीहरुले प्रहरीको यो कार्यको खुलेर प्रशंषा समेत गरेका छन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes