नेपाल जेसीजमा परीवर्तनको खाचो छ, जुन कुरा मैले ११ वर्षको जेसीज अभियानमा देखेको छुु । - Pahilo Online

नेपाल जेसीजमा परीवर्तनको खाचो छ, जुन कुरा मैले ११ वर्षको जेसीज अभियानमा देखेको छुु ।

writer

पुर्वी पहाडी जिल्ला भोजपुरको वोखीममा २०३८ सालमा पिता ज्ञानेन्द्र बहादुर कार्की र माता राधा देवि कार्कीको को कोखबाट जन्मीएका सुरेश कार्की मोरङको सामाजिक क्षेत्रमा चिनीएको नाम हो । भोजपुरमा जन्मीए पनी मोरङको साविक वाहुनी हालको वेलवारी ७ स्थाई वसोवास भएका कार्की विराटनगरलाइ कार्यक्षेत्र बनाई लामो समय देखी पत्रकारीता पेशामा आबद्ध रहदै आउनुभएको छ । कार्की मोरङको े सामाजिक अभियन्ताको रुपमा सक्रीय रहदै आपनो जागिरे जिवन समेत अगाडि बडाउदै आउनुभएको सामाजिक कामका लागी मोरङ मा मात्र नभै नेपालभरीनै चिनीएको नाम हो । उनी लीयो जिल्ला परीषदको सचिव लायनस क्बलब अफ विराटनगर मेट्राको दुई कार्यकाल सचिव , लियो क्लब अफ विराटनगर सेन्ट्रलको पुर्व अध्यक्ष ,तत्कालीन प्रेस सेन्टरको मोरङ उपाध्यक्ष ,नेपाल पत्रकार महासंघको १ नं. प्रदेश पारर्षद ,नेपाल रेडक्रस सोसाईटी वाहुनी उपशाखाको कार्यसमिती सदस्य लगायत विभीन्न सामाजिक तथा अन्य सघसस्था मा आबद रहनुभएका कार्की २००९ देखि जेसिजमा आबद्ध रहदै आउनु भएका कार्की धनकुटा सिटि जेसिजको वर्ष २०१९ को अध्यक्ष रहनुभएको छ । उहा हाल वेलवारी नगरपालिकाको जागीरेको रुपमा रहेका कार्की ले पत्रकारीतामा स्नातक र जनप्रसासन र राजनीती सास्त्रमा स्नातकोतर सम्मको अध्ययन गरेका कार्की पहिलो अनलाइनको मोरङ सम्वाददाता समेत रहेका छन । १८ देखी ४० वर्षका युवाहरुको संलग्नता रहेको नेतृत्व र ब्यक्त्तीप्वको विकास गर्ने संस्था नेपाल जेसिजको २०२० मा राष्ट्रिय उपाध्यक्ष मा उमेदवारी दिएका कार्की सग उमेदवारीको सेरो फेरोमा गरीएको कुराकानी,

जेसीज भनेको के हो? यसले केके गर्छ वताइदिनुस्न
जेसिज भनेको ब्यक्ती को ब्यक्तीत्व तथा नेतृत्व विकास गर्ने सस्था हो । यसका चारवटा क्षेत्र हुन्छन ,ब्यक्त्तीगत,समुदाय,अन्तराष्ट्रिय र ब्यबसाय यी चार क्षेत्रमा काम गर्दछ ।

युवाहरु जेसीजमा नै आवद्ध हुनु पर्ने केही खास कारणहरु छन ।
१८ देखी ४० वर्षको समय भनेको ब्यक्त्किो ब्यक्तीत्व विकास का साथै सामाजिक विकास र सीक्ने उमेर हुन्छ । यो समयमा युवाहरु काचो माटो जस्तै हो । युवाहरुलाइ सही वाटो देखाउने र जिम्मेवार वनाएर सबै खाले नेतृत्व लिनेसक्ने वनाउने सबै भन्दा राम्रो सस्था जेसिजनै हो

यो संस्था पैसावालाहरुको संस्था भन्ने गरीन्छ के यो सत्य हो?
पैसा नभएको मान्छे त कहा हुन्छन र मेरो विचारमा सबै पैसावाला नै हुन ,जेसीज भनेको पैसा लाइ ब्यबस्थापपन गर्ने सिकाउने सस्था हो ,त्यसैले यस्का गतीवीधीहरु हेर्दा पैसावालाहरुको सस्था जस्तो लाग्छ ।

जेसीजमा धु्ेरै राजनीती हुन्छ भन्ने सुनीन्छनी के हो?
राजनीती भनेकै मान्छेहरुको भीड भको ठाउमा हुने कुरा हो यो सबै ठाउमा हुन्छ ,जेसीजमा चै सकारात्मक सोचको विकास गर्न एक अर्का प्रतकिो विश्वास र सदभाव बडाउन गरीएको क्रियाकलाप राज्नीती जस्तो देखीन्छ । यस्मा आबद्ध भएपछी सकराम्मकताका लागी राजनीती हुन्छ र गर्नु पर्छ भन्ने कुरा बुझिन्छ ।

नेपाल जेसीजको उपाध्यक्षमा उमेदवारी दिनु भएको रहेछ , तपाइको उमेदवारी किन?
नेपाल जेसीजमा परीवर्तनको खाचो छ , जुुन कुरा मैले ११ वर्षको जेसीज अभियानमा देखेको छुु ,जेसिजमा थुप्रै परीवर्तनको खाचो छ । जस्का लागी शाखाा भ्र्मण बहुु शाखा तालीम ,शाखाको लागी आर्थीक व्यबस्थापन ,अन्तराष्ट्रिय सग प्रतीस्पर्धा गर्न सक्ने कार्यक्रमहरु लगायत विधीको सासनमा ध्यान दिन जरुरी छ । यी लगायत जेसीजमा सकारात्मक परीवर्तन सगै साखाहरुको स्थाईत्वको लागी मेरो उमेदवारी नितान्त आबश्यक देखीएको ले मैले उमेदवारी दिएको हो ।

मत जित्नको लागी के के तयारी गर्नु भएको छ ।
साखा भ्रमण,जेसीज लगायत अन्य ब्यक्त्तीत्वहरु सगको समन्वय, साखाहरुका साथिहरु सगको सम्पर्क , विभीन्न संघस्स्थाहरु सगको आवद्धता र नेपाल जेसीजका लागी परीवर्तनको क्षमता बोक्न सक्ने ब्यक्त्ीको आबश्यकता नै मेरो जित्ने आधार हो ।

तपाइले अबसर प्रदान गर्ने भन्नुभयो तर नेपालमा दैनीक हजारौको संख्यामा यही उमेरका युवाहरु अवसर नपाएर विदेससीरहेका छन यीनीहरुलाइ रोक्न जेसीजले के गर्छ ।
जेसीजमा चारवटा क्षेत्रहरु हुुन्छन ,ब्यक्तीको व्यक्तित्व तथा नेतृत्व विकास गर्ने काम ब्यक्तीगत क्षेत्रले गर्छ,सेवा गदै समुदाय विकासमा अग्रणी भुुमीका निर्वाह गर्न समुुदायीक क्षेत्रले गर्छ अन्तराष्ट्रिय स्तरको कला सस्कृती ब्यापार तथा प्रबृदीको वारेमा अन्तराष्ट्रिय क्षेत्रले जानकारी दिन्छ र ब्यक्तीलाइ उदमसील बनाउन ब्यबसाइक क्षेत्रले ससहयोग गर्छ ,यी चारवटा श्रेत्रलाइ मध्यनजर गदै १८ देखी ४० वर्षका युवाहरुलाइ समाहीत गराउने हो भने विदेस पलायन हुनु जरुरी छैन र त्यस्कै पहल कदमीको लागी पनि मेरो उमेदवारी हो ।

तर यो उमेरसमुहका थुप्रै युुवाहरुको पहुच भन्दबाहिर छ जेसीज केही पैसा भएकाहरुले मात्र पहुच वनाएका छन ,तपाइ कसरी जेसीजलाई आम युवाहरुको पहुचमा पुयाउनु हुन्छ ।
पैसा वालाको सस्था भन्ने कुरालाइ दिमागवाट हटाउन जरुरी छ । र जेसीजवाट प्राप्त गर्नै कुराहरुको महत्व बुझउनु पर्छ । जे कुुरा जेसीजमा पाइन्छ त्यो कुरा विश्वविधयालय तथा विधयालयहरुमा पढेर पनि पाइदैन ,त्यसैले जेसीजलाइ फरक खाले विश्वविध्यालयको रुपमा पनी लीइन्छ ,सम्पुर्ण युुवाहरुलाइ यो फरक विश्व विध्यालयमा आबद्ध गराउन अभियानकै रुपमा अघी बडाउनु पर्छ र त्यसका लागी पनि मेरो उमेदवारी हो की केही गर्न सकु ।

तपाइका मतदाताहरुलाइ केही सन्देश ।
जेसीज एउटा अभीयान हो ,अभियानमा जो सहभागी हुन्छ उ अगाडी बढछ ,अगाढी वढाउन आम मानीसको हात रहन्छ त्यसैले यो परीवर्तनको सम्वाहक र केही गर्नु पर्छ भन्ने मान्यता राख्ने र शाखाहरुको स्थाईत्वको लागी काम गर्छू भन्ने उर्जा बोकेको यो सुरेश कार्की लाई सल्लाह सुुझाव तथा मन र मत दिएर अगाढी बढाइ सेवा गर्ने मौका प्रदान गरिदिनुहुन अनुरोध गरर्द छु ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes